‘मसानघाट होइन, सुरक्षित संरचना बनाउनुहोस’

‘मसानघाट होइन, सुरक्षित संरचना बनाउनुहोस’

चामुण्डा (दैलेख) ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले भुकम्प प्रतिरोधी भवन निर्माण गर्न सुझाव दिएका छन । जम्बुकाँधमा नगरपालिकाले आयोजना गरेको सात दिने दक्ष मिस्त्रीलाई क्षमता विकास तालिमको उद्घाटन गर्दै यस्तो बताएका हुन ।
भुकम्पको उच्च जोखिममा रहेकाले भवन निर्माण मापदण्डको पालना गरी भवन निर्माण गर्नुपर्ने उनले जोड दिए । दैविक प्रकोप बाजा बजाएर नआउने भएकाले जुनसुकै बेला दैविक प्रकोप आउने भएकाले सबैले समयमै सुरक्षित संरचना निर्माण गर्नुपर्ने उनले जोड दिए । भवन निर्माण मापदण्डलाई पुरा नगरी संरचनाहरु निर्माण गर्दा भुकम्प उच्च जोखिम हुने उनले बताए । उनले भने, ‘दक्ष मिस्त्रीहरुले संरचना निर्माण गर्दा भवन निर्माणका मापदण्डको पालना गर्नुपर्छ ।’ मापदण्डको पालना नगरी भवन निर्माण गर्दा भवन होइन, मसानघाट हुन सक्छ ।’ अब निर्माण गर्ने संरचना मसानघाट होइन, सुरक्षित संरचना बनाउनुहोस ।’ उनले भने,–
साथै नगरपालिकाको विकास निर्माणमा कुनैपनि अवरोध नभएकाले निर्माण कार्य दु्रत गतिमा अघि बढेको उनले जानकारी दिए । नगरपालिकाले एक वडा एक मैदान, एक नर्सरी बनाउने नीति अनुरुप मैदान र नर्सरी स्थापना गर्ने कार्य अघि बढाईएको उनले बताए ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत तिलक विकले स्थानीय स्तरमै दक्ष मिस्त्र उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको बताए । नगरपालिकामा विभिन्न संरचना निर्माण गर्दा बाहिरबाट दक्ष मिस्त्री ल्याउन नपर्ने उनल ेबताए ।
वडा नं. ६ का वडा अध्यक्ष वखतबहादुर बोहोराको अध्यक्षतामा भएको तालिममा वडा नं. ४, ५ र ६ का दक्ष मिस्त्रीहरुको उपस्थिति रहेको थियो । आगामी जेठ १ गते सम्म संचालन हुन तालिममा प्रशिक्षण नगरपालिकाका सव–ओभरसियर प्रकाश शाहीले दिने असिष्टेन सव–ओभरसियर लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिए ।
संरचनालाई सुरक्षित बनाउनका लागि यस अघि वडा नं. १, २ र ३ को चाल्ले चौतारा र वडा नं. ७,८,९ विन्द्रासैनीमा तालिम सम्पन्न भईसकेको रेग्मीले बताए ।

प्रतिक्रिया