पहिलो पटक दलितबाट अध्यक्ष

पहिलो पटक दलितबाट अध्यक्ष

चामुण्डा –दैलेख) ।
विद्यालय स्थापना भएको पहिलो पटक दलित अध्यक्ष चयन गरेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५ को जनकल्याण आधारभुत विद्यालय बान्द्रखोली विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पहिलो पटक दलितबाट अध्यक्ष चयन गरेको हो । वैशाख २५र २६ गते भएको अभिभावक भेलाले दलितबाट अध्यक्षमा प्रेमबहादुर विकलाई अध्यक्षमा चयन गरेको छ । यो आधाभुत विद्यालय २०५५ सालमा स्थापना भएको हो । सो विद्यालयमा विगतमा वर्षमा विद्यालयमा अध्ययन गर्ने बहुसंख्यिक दलित बालबालिका भएतापनि अध्यक्ष गरै दलितबाट बन्दै आएका थिए । चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगर शिक्षा ऐन पास गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नका लागि माध्यमिक तह उत्र्तिण हुनुपर्ने व्यवस्था कायम गरेपछि विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा दलित समुदाय पाएको एकजना दलित अगुवाले बताए ।
यसैगरी भेलाले सदस्यहरुमा शिवराज धमला, ललिता आचार्य, चित्राकुमारी थापा, प्रदिप नेपाली, र बेला नेपालीलाई चयन गरिएको छ । शिक्षक प्रतिनिधिबाट राधा अधिकारीलाई चयन गरिएको विद्यालय जनाएको छ ।
अभिभावक भेलालाई सम्बोधन गर्दै विद्यालय व्यस्थापन समितिका अध्यक्ष प्रेमबहादुर विकले बाल बालिकाको भविष्यलाई सुन्दर बनाउन गुणस्तरीय शिक्षालाई पहिलो प्रथामिकता दिने बताए । विद्यालय व्यवस्थापन समितिको प्रयासबाट शिक्षालाई गुणस्तरीय बनाउन सकिदैन, गुणस्तरीय शिक्षा बालबालिकाको सुन्दर भविष्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया