गाउँघरमै टोली गएपछि नागरिकता बनाउन सहज

गाउँघरमै टोली गएपछि नागरिकता बनाउन सहज

दैलेख वैशाख २७ गते ।

जिल्ला प्रशासन कार्यालय दैलेखले गाउँघरमै गएर जनतालाई सेवा दिएको छ । दैलेखको भैरबी गाउँपालिकामा सञ्चालन गरेको २ दिने नागरिकता वितरण शिविर आज पहिलो दिन (शुक्रवार) डाँडीमाडीमा १ सय ४३ जनालाई नेपाली नागरिकतको प्रमाणपत्र दिएको छ । नागरिकता लिनेमा १६ वर्ष पुगिसकेका युवा विद्यार्थीको संख्या बढी रहेको वडा नं. ३ का वडाध्यक्ष देबी भण्डारीले जानकारी दिनुभयो ।
नागरिकता वितरण शिविरमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटालाई जिसस सदस्य सर्वराज महतारा, भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा र साविकको बडलम्जी गाविसका पूर्व अध्यक्ष खड्गे नेपालीले स्वागत गर्नुभयो । पहिलो डाँडीमाडीमा शिविर राखिए पनि भोलि (शनिवार) एक दिन भैरबी गाउँपालिकाको खम्बगाडेमा राखिने प्रमुख जिल्ला अधिकारी बासकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया