सेनेटरी प्याड निर्माण तालिम

सेनेटरी प्याड निर्माण तालिम

दैलेख वैशाख २७ गते ।

सुरक्षित महिनावारीको लागि सेनेटरी प्याड निर्माण तालिम सम्पन्न भएको छ । एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजना को सहजिकरणमा मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम सम्पन्न भएको हो । तालिममा भैरबी गाउँपालिकाका ६ वटा माध्यामिक विद्यालयका महिला शिक्षक, बालिका तथा युवाहरु सहभागि थिए । तालिममा सुरक्षित महिनावारी, महिनावारीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । तालिमको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका सामुदायिक सहजकर्ता ललिता कुमारी भण्डारीले गर्नुभएको थियो । सोहि अबसरमा सहभागिलाई सेनेटरी प्याड बनाउन सिकाइएको छ ।

प्रतिक्रिया