गाउँपालिका स्तरिय नागरिक समाज गठन

गाउँपालिका स्तरिय नागरिक समाज गठन

दैलेख वैशाख २८ । बाल अधिकार, बालसंरक्षण र बालबालिकाका सवालहरुको विषयमा सम्बन्धित निकायलाई जिम्मेवार बनाउने उद्धेश्यले गुराँस गाउँपािलका स्तरीय नागरिक समाज गठन गरिएको छ । बालबालिकाका हक अधिकारलाई सुनिश्चित गर्न गाउँपालिका स्तरीय नागरिक समाज गठन गरिएको हो । समाजसेवी रामकुमारी मल्लको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।
बालबालिकाका सवालहरुको पहिचान र सम्बोधनका लागि नागरिक समाजले सहयोग गर्ने गुराँस गाउपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । ‘जहाँ सरकारको नजर पुगेको हुँदैन्, त्यँहा नागरिक समाजको नजर पुगेको हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । बालबालिका सम्बन्धि नीति निर्माण तथा कार्यान्वयनको क्षेत्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने भन्दै अध्यक्ष ओलीले स्थानीय सरकारकारसँग साझेदारी र खबरदारीका लागि नागरिक समाज सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । विगतमा शान्ति प्रक्रिया, दोस्रो जनआन्दोलनको सफलता र राजसंस्थाको बहिर्गमन लगायतका महत्वपूर्ण उपलब्धि नागरिक समाजकै सक्रियतामा भएको ओलीको भनाई थियो । नागरिक समाज कुनै पनि राजनैतिक दल र सत्ता पक्षबाट प्रभावित हुन नहुने उहाँको भनाई छ ।
बालबालिकाको क्षेत्रमा साझा क्रियाकलापहरु सञ्चालन गर्न नागरिक समाज गठन गरिएको संयोजक रामकुमारी मल्लले बताउनुभयो । ‘ राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले बालबालिकाको लागि व्यवस्था गरेका सेवा तथा सुविधाको उपलब्धताका लागि स्थानीय सरकारसँग छलफल तथा समन्वय गर्नेछौं ।’ उहाँले भन्नुभयो ।
व्यक्ति वा समुदायलाई न्याय दिलाउन, नागरिकको रुपमा स्वतन्त्रता पाउन, जातिय भेदभाव उन्मुलन लगायतका कार्यमा नागरिक समाजको सक्रियताले सफल हुने भएकाले नागरिक समाज गठन गर्न आवश्यक भएको सदस्य देव वि.क.को भनाई थियो । ‘नागरिकका हक अधिकार र दायित्वबारे पैरवी गर्न सहयोग पु¥याउनेछ,’ वि.क.ले भने ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय सिद्धान्तहरुका आधारमा स्थापित बाल संरक्षण तथा सम्बद्र्धनका मूल्य मान्यताहरुको कार्यान्वयनका लागि बाल संरक्षण अभियान्ताहरुको क्षमता विकास गर्न आवश्यक भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयात्रा परियोजनाका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बतानउभभयो । ‘नागरिक समाज त्यस्तो एउटा स्वतन्त्र सञ्जाल हो ः जसले नागरिक अधिकारको संरक्षणका लाग वकालत गरिरहन्छ ।’ अधिकारीले भन्नुभयो । स्वयंसेवी भावना, पारदर्शि प्रक्रिया, उदार दृष्टिकोण र समाजसेवाको मान्यताबाट नागरि समाज सञ्चालित हुने भएकाले बदलिदो राजनीतिक परिस्थितीसँगै नागरिक समाजको भूमिका अझ बढ्दै गएको अधिकारीको भनाई थियो ।

प्रतिक्रिया