अभिमुखिकरण सम्पन्न

अभिमुखिकरण सम्पन्न

दैलेख- कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजनाद्वारा न्यायिक समितिका लागि दैलेखमा सञ्चालित ३ दिने अभिमुखीकरण कार्यक्रमकोसम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रममा दैलेखका ११ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र समितिको कार्य सम्पादन सहयोगका लागि तोकिएका एक–एक जना कर्मचारी समेत ४४ जनाको सहभागिता थियो ।
तालिम समापन समारोहमा प्रमुख प्रशिक्षक बरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालले स्थानीय तहलाई दिइएको अधिकार अनुसार कार्यक्षमता बढाउनुपर्ने आवश्यकता दर्शाउनुभयो । त्यसका लागि सोचाई र व्यवहार बदलेर जनप्रतिनिधि र कर्मचारीले काम गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यसबखत दुल्लू नगरपालिकाका उपप्रमुख बिष्णु थापाले अभिमुखीकरण कार्यक्रमले न्यायिक प्रक्रियाका बारे धेरै ज्ञान दिएको कारण न्यायिक समितिका काममा सहजता हुने बिश्वास बढाएको बताउनुभयो । त्यसबखत डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवालीले अभिमुखीकरणले सबै स्थानीय तहका न्यायिक काममा एकरुपता ल्याउने बिश्वास गर्नुभयो ।

प्रतिक्रिया