महिला र बालबालिका केन्द्रको सल्लाहकार समिति गठन

महिला र बालबालिका केन्द्रको सल्लाहकार समिति गठन

कालिकोट जेठ ३ गते ।
कालिकोट जिल्लाको सदरमुकाम मान्ममा स्थापना गरिएको महिला र बालबालिका केन्द्रको सल्लाहकार समिति गठन गरिएको छ । विभिन्न समस्यामा परेका महिला र बालबालिकालाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको केन्द्रको सल्लाहकार समिति गठन गरिएको हो ।

एईआएन लक्जेम्बगको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकार , खाँडाचक्र नगरपालिका र पलाँता गाउँपालिका को सहकार्यमा समस्यामा परेका महिला तथा बालबालिकाको कानुनी सहायता तथा परामर्शका लागि वैशाख पहिलो साता महिला तथा बालबालिका केन्द्रको स्थापना गरिएको थियो ।

केन्द्रले हाल सम्म गरेका कामबारे समिक्षा गर्दै सल्लाहकार समिति गठन गरिएको बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विकले बताउनुभयो । कालिकोट स्थित खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय कालिकोटमा गगनसिंह सोमै, जिल्ला प्रहरी कार्यालयका दामोदर अधिकारी, जिल्ला अस्प्तालका कटक बहादुर महत, सरकारी वकिल कार्यालयका कौशल ढुंगाना, शिक्षा विकास तथा समन्वय इकाइका जसिप्रसाद चौलागाई रहेका छन् ।

यस्तै नेपाल दुर संचार कार्यालयका प्रेमसिंह विष्ट, नेपाल पत्रकार महासंघका तुलाराम पाण्डे, गैसस महासंघका दान बहादुर विक, इन्सेकका कालिबहादुर मल्ल, भिडिसेफका राजेन्द्र बहादुर सहकारी, हुरिन्डेकका गौरी शाही, एकल महिला संजादका लक्षिमा तिरुवा, बार यरोशियसनका दमनराज बम, किडार्क नेपालका राम बहादुर रावत रहेका छन् । समितिको सदस्य सचिवमा महिला तथा बालबालिका केन्द्र कालिकोटका संयोजक संगिता वली रहनुभएको छ ।

प्रतिक्रिया