दैलेखमा पहिलो पटक बाल हेल्पलाइन दिवस मनाइयो

दैलेखमा पहिलो पटक बाल हेल्पलाइन दिवस मनाइयो

दैलेख जेठ ५ गते ।
दैलेखमा पहिलो पटक अन्तर्राष्ट्रिय बाल हेल्पलाईन १०९८ दिवस मनाईएको छ । दिवसका अवसरमा सिफारिस प्रणाली सुदृढीकरण कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ । ‘हरेक बालकसँग एक आवाज छ’ भन्ने मुल नारा सहित दिवस मनाईएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, बाल हेल्पलाइन १०९८ को आयोजना, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, केन्द्रिय बाल कल्याण समिति र एईआएन लम्जेम्वर्गको सहयोगमा दिवस मनाइएको हो ।
दैलेखमा आयोजित कार्यक्रममा बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बाल हेल्पलाइन सेवा, वार्षिक उपलब्धी र महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले बालबालिका हिंसा वा समस्यामा परेमा, बालबालिकाको आपत्तकालिन उद्धार, राहत, संरक्षण तथा परामर्श सेवाका लागि बाल हेल्पलाइन १०९८ मा फोन गरेर जानकारी गराउन सकिने बताउनुभयो ।
कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख रत्न बहादुर खड्काले बाल हेल्पलाइन १०९८ को सेवालाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभएको छ । जिल्ला समन्वय समिति दैलेखका सदस्य बालकृष्ण केसीले बाल हेल्पलाइनको सेवालाई थप प्रभावकारी बनाउन जिल्लाका ११ वटै स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सोहि अबसरमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायका प्रतिनीधिहरुले बाल हेल्पलाइनको सेवा र प्रभावकारीता बारे चर्चा गरेका थिए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका महासचिव दुर्गा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल हेल्पलाइन १०९८ दैलेखबाट सहयोग पाएका बालबालिका लगाएत सहभागि थिए ।

प्रतिक्रिया