युवा क्लब र आमा समुहलाई सेनेटरी प्याड बनाउन सिकाइयो

युवा क्लब र आमा समुहलाई सेनेटरी प्याड बनाउन सिकाइयो

दैलेख जेठ ८ गते ,
दैलेखको भैरवी गाउँपालिका वडा नं। ४ मा गठित युवा क्लब र आमा समुहका पदाधिकारीहरुलाई सेनेटरी प्याड बनाउन सिकाईएको छ । यहाँको बासु धारा युवा क्लब र पञ्चकोशी आमा समुहका पदाधिकारीहरुलाई सेनेटरी प्याड बनाउन सिकाईएको हो । एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरणमा सेनेटरी प्याड बनाउन सिकाईएको हो ।

युवा क्लब र आमा समुहको बैठक बसी सेनेटरी व्याड बनाउन सिकाईएको परियोजनाका कृषि प्राविधिक सम्झना थापाले बताइन् । उनका अनुसार सोहि अबसरमा मर्यादित महिनावारी, महिनावारीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया