नगरप्रमुख सूचक बसेर जन्मदर्ता !

नगरप्रमुख सूचक बसेर जन्मदर्ता !

smart

जेठ ८, २०७६ – अमर सुनार
दैलेख – नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का आफूलाई सूचक जनाएर एक जना बालिकाको जन्मदर्ता गराइदिनुभएको छ । उहाँले नारायण नगरपालिका–११ बिन्ध्यवासिनी पुगेर ५ वर्षीया बालिका विद्या थापाको आजै जन्मदर्ता गराइदिनुभएको हो ।
विद्या जन्मेको २४ दिनमा आमा हिरा थापा बेपत्ता भएपछि पालन पोषण गर्दै आउनुभएका बालिकाको बाजे खमबहादुर थापाको आग्रहमा नगरप्रमुख खड्काले ती बालिकाको शिक्षा दीक्षा सहजताका लागि नगरप्रमुख खड्काले जन्मदर्ता गराइदिनुभएको हो ।
बालिकाको पिता पहिचान नदिंदै आमा बेपत्ता भएपछि लामो समयदेखि बालिकाको जन्मदर्ता गराउन अन्यौलता थियो । नेपालको संविधानको धारा ३९ उपधारा (१) बमोजिम अन्तरगत बालिकाको जन्मदर्ता पाउने अधिकार प्रत्याभूतीका गराउन दिइएको विद्या थापाको जन्ममिति २०७१ असार २ गते हो ।
जन्मदर्ता बनिसकेपछि बालिकाको उचित शिक्षा र पालन पोषण समेतको व्यवस्था गर्न एसओएस बालग्रामलाई अनुरोध गरिएको र सो अनुसार त्यहाँबाट स्वीकृती प्राप्त भएको पनि नारायण नगरपालिका वडा नं. ११ का वडाध्यक्ष टंकबहादुर बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया