विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण

विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण

डुंगेश्वर गाउँपालिका–६ पाउँकोटाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय पाउँकोटमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय प्रेमबहादुर बुचामगरलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विद्यालय पोशाक र शैक्षिक सामग्री दिएको छ ।


नेपाल राष्ट्रिय आधारभूत विद्यालय पाउँकोट प्रधानाध्यापक मनबहादुर गौतम, शिक्षक अभिभावक संघका सदस्य चन्द्रा बिक र सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक निरकप्रसाद भट्टराईले उक्त सामग्री हस्तान्तरण गनुभयो ।


कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, इन्सेकको इएलपी परियोजनाका सहजकर्ता उदय थापाको समेतको सहभागिता थियो । विद्यालय पोशाकका लागि सर्ट–पैण्ट, दुई दर्जन कपी, १० वटा डटपेन र एउटा झोला दिइएको इन्सेकले बताएको छ ।
सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक निरकप्रसाद भट्टराईको सिफारिसमा दायाँ हात र खुट्टाको अपाङ्गता भोग्दै आएका १२ वर्षीय प्रेमबहादुर बुचामगरलाई विद्यालयको औपचारिक शिक्षा निरन्तरताको निम्ति यो सहयोग गरिएको इन्सेकले जनाएको छ ।

प्रतिक्रिया