धुलीखेल अस्पतालको सुविधा दुल्लू अस्पालबाट

धुलीखेल अस्पतालको सुविधा दुल्लू अस्पालबाट

दुल्लू अस्पतालमा आउने विरामीले धुलीखेल अस्पतालमा हुने विषेशज्ञ डाक्टरद्धारा गुणस्तरिय सेवा अवदेखी दुल्लू अस्पतालबाटै लिन पाउने भएका छन । दुल्लू अस्पतालमा २ वटा अप्टीकल किट जडान भएको र १ वटा अप्टीकल किट धुलीखेल अस्पतालमा जडान भएकोले सेवामा विस्तार भएको हो ।

सुचना तथा सञ्चार प्रविधी मन्त्रालय र दुल्लू नगरपालिकाको आयोजनामा दुल्लू अस्पतालमा अप्टीकल किट जडान गरिएको हो । आइसिडी फोरडीको प्राविधीक सहयोग , केडीडीआई फाउन्डेसनको सहजीकरण र एपीटीको आर्थीक सहयोगमा दुल्लू अस्पतालमा अप्टिकल किट जडान गरिएको हो । नैपालमै पहिलो पटक १२ किलोमिटर अप्टीकल फाइवर दुल्लू नगरपालिकामा जडान गरिएको छ । अप्टीकल जडानसंगै ग्रामीण भेगका जनताको सुचना प्रविधीमा विकास हुने भएको छ ।


प्रभावकारी व्रोडव्याण्ड संरचनाको माध्यामले सुचना प्रविधीको विकास कार्यक्रम शनीवार आयोजना गरेर आइसिडी फोरडी र केडीडीआई फाउन्डेसनले दुल्लू नगरपालिकालाई अप्टीकल पाmइवर जडानमा प्रयोग भएको सामग्री हस्तान्तरण गरेको छ । अप्टीकल जडानले यहाँको स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रभावकारी भुमिका खेल्ने दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताउनु भयो । उहाँले दुल्लू नगरपालिकाको मातहतमा रहने गरेर आफ्नै नेटवर्क कम्पनीको निर्माण गरेर सुचना प्रविधीको विकासमा टेवा पुर्याउने बताउनु भयो । भण्डारीले पहिलो चरणमा दुल्लू नगरपालिकाको कार्यालय, दुल्लू अस्पताल, नगरपालिकाका १३ वटै वडामा र केही विद्यालयमा अप्टीकल जडान गरिएको बताउनु भयो ।


वडामै बसेर भए पनि नगरपालिकाको बैठकका विषयमा जानकारी लिन सकिने आइसिडी फोरडीका प्रमुख पवन साक्यले बताउनु भयोे । साक्यले केवल पुगेको ठाउँमा केवलमार्फत र नपुगेको ठाउँमा वाइरलेस मार्फत अप्टीकल फाइवरको सेवा प्रदान गरिएको बताउनु भयो । शाक्यले यो प्रोजेक्ट प्रभावकारी हुनेमा आफु विश्वस्त भएको दावी गर्नु भयो । छिटो छरितो इन्टरनेट सेवा लिन सकिने र केही सार्वजनिक ठाउँमा फ्री नेट सेवा पाउने भए पछि यहाँका स्थानियमा खुसी छाएको स्थानियको भनाइ छ । ग्रामीण भेगका जनतालाई सुचना प्रविधीमा पहुँच पुर्याउनु, शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्नु यो प्रोजेक्टको उद्येश्य रहेको छ ।

प्रतिक्रिया