असल आमालाई सम्मान

असल आमालाई सम्मान

जेष्ठ १९, दैलेख
सुत्केरी महिला र बालबालिकाहरुको स्वास्थ्य अवस्थाको सुधार सँगै दैलेखको नारायण नगरपालिकाले ९८ जना असल आमाको छनौट गरेर उनिहरुलाई नगद २ हजार सहित प्रमाण पत्र प्रदान गरेको छ ।
२० वर्ष उमेर पुगेका नियमित रुपमा गर्भजाँच गरेका, स्वास्थ्य कार्यालयमा सुत्केरी भएका, २ मात्र सन्तान जन्माएका महिलाहरुलाई असल आमा भनेर सम्मान गरिएको र यसले अन्य महिला र बालबालिकाहरुको सुरक्षामा समेत महत्वपूर्ण सन्देश गएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिएक छन् । प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्मा र नगरप्रमुख लगायतले असल आमाहरुलाई सम्मान गरेका हुन् ।
नगरपालिका भित्र रहेका ५ सय ५२ जना बालबालिकाहरुले पूर्ण रुपमा सवै खोप पाएपछि नारायण नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगर स्वास्थ्य प्रमुख लालबहादुर खड्काले जानकारी दिएका छन् ।
असल आमाहरुलाई सम्मान
पश्चात बालबालिका र स्वयं सुत्केरी आमाहरुको स्वास्थ्यमा सुधार हुने, बाल मृत्युदर कम हुने, कुपोषण अन्त्य हुने भएकोले यस्तो अभियान थालिएको र अभियान प्रभावकारी भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा निराजन पन्तले जानकारी दिएका छन् ।
नियमित रुपमा गर्ववती जाँच नगराउने, स्वास्थ्य कार्यालयमा सुत्केरी हुन नजाने महिलाहरु असल आमाको सम्मानबाट बञ्चित भएकोले अन्य महिला दिदिबहिनीहरुले नियमित रुपमा स्वास्थ्य जाँच गर्न अभिप्रेरित भएको नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्रि मल्लले जानकारी दिएकी छन् ।

प्रतिक्रिया