१५ जना किसानलाई बाख्रा वितरण

१५ जना किसानलाई बाख्रा वितरण

ज्वाला सन्देश
दैलेख– विपन्न वर्गका किसानको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ । दैलेखका सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले अछामको पञ्चदेवल बिनायक नगरपालिकाका विपन्न किसानलाई बाख्रा वितरण गरेको हो । नगरपालिकाको वडा नंं ४ स्थित चेलकालाका विपन्न १५ जना परिवारलाई लक्षित गरी आयआर्जनका लागि बाख्रा वितरण गरिएको हो । डिसिएद्धारा संचालित गिफ्ट परियोजना अन्तरगत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १५ जना कृषकहरुलाई प्रती ब्यक्ति ३ बाख्राका दरले बाख्रा बितरण गरिएको सोसेक दैलेखका कार्यक्रम संयोजक माधव भट्टराईले जानकारी दिनुभयो । उहाँले दलित समुदायलाई लक्षित गरि बाख्रा वितरण गरिएको बताउनुभयो ।

पञ्चदेवल बिनायक नगरपालिकाका उप–प्रमुख अम्बिका चलाउनेको उपस्तिथिमा बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको हो । बाख्रा वितरण कार्यक्रमका अबसरमा उप–प्रमुख चलाउनेले यो सहयोगले विपन्न नागरिकहरुको आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो । आफ्नो नगरपालिकाका नागरिकहरुलाई ब्यबसाय सङ्ग जोडिएकोमा खुसी व्यक्त गर्दै उपप्रमुख चलाउनेले कार्यक्रमबाट लाभान्वित १५ जना कृषकहरु समुदायको नमुना नागरिक बन्ने अपेक्षा रहेको बताउनुभयो ।

अर्को प्रसंगमा उपप्रमुख चलाउनेले सामाजिक सेवा केन्द्र (सोसेक)ले उदारणीय कार्य गर्दै आएको औल्याउनुभयो । यो कार्यक्रमबाट लाभान्वित नागरिकले राम्रो गर्न सके नगरपालिकाले पनि थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले आगामी आर्थिक बर्षमा उक्त समुहमा उन्नत जातको बोका दिने प्रतिबद्धता जनाउनु भयो । सोसेकले पञ्चदेवल बिनायक नगरपालिकाका कुल ४३ जना कृषकहरूलाई बाख्रा बितरण गर्न लागेको संस्थाका कृषि प्राबिधिक प्रेमा रोकायले जानकारी दिनुभयो ।

प्रतिक्रिया