अपाङ्ग अधिकार सम्वन्धी गोष्ठी

अपाङ्ग अधिकार सम्वन्धी गोष्ठी

दैलेख- नौमूले गाउँपालिका वडा नं. ८ का वडासदस्य ओलसिंह थापाले अपाङ्गता भएका व्यक्तिहरुको आत्मबल बढाउने काममा राज्यका निकायहरुको अग्रसरता जरुरी रहेको बताउनुभएको छ । समुदायमा आधारित संस्था महासंघ (सीबीओ महासंघ)को आयोजनामा चौराठामा सञ्चालित २ दिने अपाङ्ग अधिकार सम्वन्धी गोष्ठी समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
वडासदस्य थापाले अघिल्ला वर्षमा खास कार्यक्रम गर्न नसकिएको स्वीकार गर्दै आगामी वर्षको महिला, दलित, जनजाति लगायतका क्षेत्रमा गरिएका कार्यक्रम अपाङ्गहरुलाई प्राथमिकता दिइने र अपाङ्गता समस्या भएका व्यक्तिहरुका लागि पनि छुट्टै कार्यक्रम ल्याइने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा लुथर्न वल्र्ड फेडेरेसनको सहयोगमा सीबीओ महासंघ दैलेखले नौमूले गाउँपालिका वडा नं. ८, नारायण नगरपालिका वडा ११ र भगवतीमाई गाउँपालिकाका ७ वटै वडामा सञ्चालन गरेको नेपाल विकास परियोजनाले गर्ने काम र समुदायलाई दिने सेवा बारे जानकारी दिंदै सीबीओ महासंघले कार्यक्षेत्रका ५ सय ५१ जनाको अपाङ्गता समस्याको छुट्टाछुट्टै व्यक्तिगत विवरण तयार गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल विकास परियोजनाका लेखा प्रमुख सीता खड्का तालिमका सहभागीहरु फुलमाया बिक, अपाङ्ग सञ्जालका प्रतिनिधि तिलबहादुर सलामीले तालिममा जानेको ज्ञान, सीप व्यवहारमा प्रयोग गर्ने बताउनुभयो । तालिमको सहजीकरण अधिकारकर्मी पत्रकार अमर सुनारले गनुभएको थियो ।
नेपाल विकास परियोजनाकै आयोजनामा चौराठामै विपद् व्यवस्थापन समितिको क्षमता विकास तालिम पनि आजै सकिएको छ । विपद् व्यवस्थापन तालिममा २४ जनार अपाङ्गता अधिकार सम्वन्धी कार्यक्रममा २८ जनाको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया