राउटे महिलालाई पछ्यौरा

राउटे महिलालाई पछ्यौरा

दैलेख असार १ गते ।
नेपालको लोपोन्मुख जातीको रुपमा रहेको राउटे समुदायका महिलाहरुलाई पछ्यौरा वितरण गरिएको छ । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएको राउटे समुदायका सुत्केरी महिलाहरुलाई पछ्यौरा वितरण गरिएको हो । समुदायका ६ जना सुत्केरी महिलाहरुलाई पछ्यौरा वितरण गरिएको हो । एईआईएन लक्जेम्वर्गको आर्थीक सहयोग, गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत संचालित राउटे परियोजनाले पछ्यौरा वितरण गरेको हो ।

बालबालिकालाई न्यानोका लागि पछ्यौरा वितरण गरिएको परियोजनाका जोडि शिक्षक लाल बहादुर खत्रीले बताउनुभयो । दैलेखको गुराँस गाउँपालिका–५ जिल्लानेमा बसोबास गरिरहेका उनिहरुलाई आइतवार पछ्यौरा वितरण गरिएको जोडि शिक्षक खत्रीले बताउनुभयो । खत्रीका अनुसार १० महिनासम्मका सुत्केरी महिलाहरुलाई पछ्यौरा प्रदान गरिएको हो ।

प्रतिक्रिया