अलपत्र परेका बालकको उद्धार

अलपत्र परेका बालकको उद्धार

दैलेख असार ५ गते– बाँकेको नेपालगंगमा अलपत्र अवस्थामा भेटिएका एक बालकलाई उद्धार गरिएको छ । दैलेखको नारायण नगरपालिका–१ टुडिखेल नजिकै अस्थायी रुपमा बसोबास गरिएका ११ बार्षिया बालक लाल बहादुर सुनारको उद्धार गरिएको हो । बालकलाई यहि असार १ गते बाँकेको नेपालगंजमा सिविन नामक संस्थाले अलपत्र अवस्थामा फेला पारेको थियो ।
सिविनले बाल हेल्पलाइन १०९८, सोसेक दैलेखमा खबर गरेपश्चात बाल हेल्पलाइन १०९८, सोसेक दैलेख, महिला तथा बालबालिका केन्द्रले उद्धार गरि दैलेख ल्याएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताउनुभयो ।
बालकलाई उद्धार गरि असार ३ गते दैलेख ल्याई पु¥याएको संयोजक श्रेष्ठले बताउनुभयो । उद्धार गरि ल्याइएका बालकलाई तीन दिनसम्म सोसेकको आपत्तकालिन गृहमा राखिएको संयोजक श्रेष्ठले बताउनुभयो । गृहको सुरक्षित संरक्षणमा राखिएका बालकलाई मनोविमर्श परामर्श पश्चात विहिवार परिवारको जिम्मा लगाइएको छ ।
आमाबुबा भारत गएर सम्पर्क विहिन रहेका कारण बालक हजुरआमासँग बस्दै आएका थिए । जिसस, नारायण नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन, नेपाल टेलिकम लगाएतका सरकारी तथा गैससका प्रतिनीधि र पत्रकारहरुको उपस्थितीमा बालकलाई उनका हजुरआमा मनिषा सुनारको जिम्मा लगाईएको हो ।

प्रतिक्रिया