जोखिममा रहेका बालबालिकालाई छात्रबृति

जोखिममा रहेका बालबालिकालाई छात्रबृति

दैलेख असार ८ गते ।
आर्थीक तथा सामाजिक रुपमा उच्च जोखिममा परेका विपन्न बालबालिकालाई छात्रबृति प्रदान गरिएको छ । बालबालिकालाई बाल हेल्पलाइन १०९८, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले छातबृद्धि स्वरुप शैक्षिक सामग्री, झोला र विद्यालय पोषाक वितरण गरेको हो । नारायण नगरपालिकाका स्थित सरस्वती माध्यामिक विद्यालयका ४ जना, नारायण आधारभुत विद्यालयका १ जना र डुङ्गेश्वर गाउँपालिका वडा नंं. १ स्थित त्रिवेणी संगम माध्यामिक विद्यालयका २ जना बालबालिकालाई छात्रबृति प्रदान गरिएको हो । उनिहरुलाई शुक्रवार सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हीरासिंह थापाले छात्रबृति प्रदान गर्नुभएको हो । यसैविच ठाटीकाँध गाउँपालिका स्थित नन्दा देवी माध्यामिक विद्यालयका ५ जना बालबालिकालाई छात्रबृति प्रदान गरिएको छ । ठाटीकाँध गाउँपालिकाको लकान्द्रमा पुगेर छात्रबृति प्रदान गरिएको हो । उनिहरुलाई ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका अध्यक्ष हीरासिंह थापाले संयुक्त रुपमा छात्रबृति प्रदान गर्नुभएको हो । विभिन्न कारणले जोखिममा परेका विपन्न १२ जना बालबालिकालाई सामग्री प्रदान गरिएको बाल हेल्पलाइन दैलेखका संयोजक रमा श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया