महाबु गाउँपालिकाले ल्यायो ३४ करोडको बजेट

महाबु गाउँपालिकाले ल्यायो ३४ करोडको बजेट

दैलेख (महाबु) । महाबु गाउँपालिका दैलेखको पाचौं गाउँसभा सम्पन्न भएको छ । मंगलबार आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गर्दै गाउँसभा सम्पन्न भएको छ ।
सभामा गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी बुढाद्वारा आर्थिक वर्ष ०७६/०७७ का लागि ३४ करोड ३८ लाख २१ हजार ५ सय ९८ रुपैयाँको बजेट ल्याइएको छ ।बजेटमा महाबु गाथ निर्माण क्रमागत १५ लाख, आधारभुत विद्यालय भवन निर्माण दबडा खरिगैराका लागि ९ लाख, चुरेघाटी भाव्र सडकमा ६ लाख, जगदिश मावि भवन निर्माणका लागि १६ लाख, डुंग्री खेलमैदान निर्माणका लागि ६ लाख, ३ नं. वडा कार्यालयदेखि खाडापाल्चौर सडक स्तरोन्नति ६ लाख, पशु कार्यालय घेरवार महाबु ४ को लागि ४ लाख, स्वास्थ्य कार्यालय भवन निर्माण काँसिकाँधको लागि ५ लाख रकम बजेटमा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया