बालविवाह न्यूनिकरणका अभियान्ता नै जोखिममा

बालविवाह न्यूनिकरणका अभियान्ता नै जोखिममा

दैलेख, असार १५– बालविवाह निर्मूल परियोजनाको जानकारी सम्वन्धी पत्रकार सम्मेलनमा बालविवाह न्यूनिकरणका अभियान्ताहरु नै जोखीममा रहेको खुलेको छ । आवाज संस्थाद्धारा आयोजित कार्यक्रममा परियोजना प्रमुख चेतनराज गिरीले चुनौतीविच पनि कार्यक्रम प्रभावकारी रुपमा गरिएको बताएका हुन् ।
रिपोर्टर्स क्लव दैलेखको समन्वयमा आयोजित कार्यक्रममा बालविवाह सम्वन्धी कार्यक्रममा जोखीम हुने गरेको खुलासा भएको हो । आवाजले ५ जिल्लामा बालविवाह निर्मुल परियोजना सहितका कार्यक्रम गर्दै आएको छ । मुख्य क्षेत्र मावन अधिकार, असल शासन, गरिवी निवारणमा केन्द्रत भएर आफुहरुले काम गरेको परियोजना प्रमुख गिरीले बताए । परियोजनाले ३ वर्षदेखी काम गर्दै आएको छ । आवाज संस्थाले विशेषत दैलेखको दुल्लु नगरपालिकामा विशेष रुपमा काम गरिरहेको छ । कार्यक्रमले रोकथाम, ब्यवस्थापन र बहस तथा पैरवीमा काम गर्दछ । जनचेतना कार्यक्रम, सेवा प्रदान तथा क्षमता अभिबृद्धि तथा सेवा, सुविधाको पहुंच अभिबृद्धि र प्रभावकारी कार्यान्वयनमा परियोजनाले काम गरेको छ । लैगिक हिसां, बालविवाह, यौन हिंसा, दुव्र्यवहार, बेचविखन, शिक्षा, बाल संरक्षण, जिवनयापन, आर्थिक सहयोग, बाल अधिकारका क्षेत्रमा काम गरेको आवाज संस्थाका परियोजना प्रमुख गिरीले बताए । बालविवाहको जोखिममा रहेका २ सय ८० जनालाई गुणस्तरिय शिक्षाका लागि शैक्षिक सहयोग गरेको गिरीले बताए । ७० जनालाई बालविवाहबाट उद्धार गरिएको १ सय ४१ जना बालबालिकालाई मनोविमर्श सेवा प्रदान गरेको तथा ९४ पारिवारिक मनोविमर्श परामर्श दिएको ८५ मध्येस्तता, ३५ जनालाई आपतकालिन सहयोग, ७५ जनालाई कानुनी परामर्श, ९८ जनालाई पारिवारिक पुन मिलन तथा पुनस्थापना गरिएको आवाज संस्थाले जनाएको छ ।

प्रतिक्रिया