सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

लमही, असार २४ गते । दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२/१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२/१२ वर्ष कैद फैसला सुनाएको हो ।

उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२÷१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०/५० हजार क्षतिपूर्ति भराउने फैसला भएको । विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रतिक्रिया