चामुण्डामा ‘एक जनप्रतिनिधि एक संरक्षित जंगल कार्यक्रम’

चामुण्डामा ‘एक जनप्रतिनिधि एक संरक्षित जंगल कार्यक्रम’

चामुण्डा (दैलेख) ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा बजेट सर्वसम्मत पास भएको छ । बुधाबार नगरसभाको २ दोश्रो बैठकमा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री) ले प्रस्तुत गरेको नीत तथा बजेट पास भएको हो ।
आगामी आर्थिक वर्षम नगरपालिकाले शिक्षा, विद्युत, सहरी विकास र खानेपानीलाई बजेटमा प्रथामिकता दिईएको छ । यसैगरी आगामी आर्थिक वर्षभित्र नगरपालिकामा खाद्यन्न संस्थान शाखा स्थापनाका लागि १५ लाख बजेट विनियोजित गरेको छ । बजेटमा आगामी आर्थिक वर्ष सहरी विकास तर्फ २ करोड ५६ लाख ५० हजार बजेट विनियोजित भएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले प्रस्तुत गरेको बजेट भाषणमा उल्लेख गरिएको छ । यसैगरी सामाजिक विकास तर्फ २ करोड ९ लाख ५०, विद्युत तर्फ १ करोड छुट्याइएको उप–प्रमुख ताराकुमारी शाही (खत्री) ले जानकारी दिनुभयो । यसैगरी खानेपानी तर्फ कर्णाली लिफ्टििङ र मजुवा खानेपानीका लागि ६० लाख, पर्यटन तर्फ ५५ लाख, कृषि तथा पशु तर्फ ३० लाख बजेट छुट्याईएको छ । आगामी आर्थिक वर्षमा एक जनप्रतिनिधि एक संरक्षित जंगलका पनि बजेट विनियोजित गरिएको छ । लैगिंक समता तथा सामाजिक समावेशीकरण तर्फ ३० लाख बजेट विनियोजित गरएको छ । यसैगरी सडकलाई हरियाली जैविक मैत्री बनाउने उद्देश्यका साथ साङ्गेतडा पाल्त सडक १००८ वरपिपल रोप्न बजेट विनियोजित गरिएको छ । जसका लागि २ लाख बजेट विनियाजित गरिएको उप–प्रमुख शाहीले बताउनु भयो ।
गुणस्तरीय शिक्षा बनाउनका लागि शिक्षालाई प्रथामिकता राखिएको चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले बताउनु भयो । यसैगरी आर्थिक अवस्था कमजोर भएका उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययनबाट वञ्चित भएका बालबालिकालाई नगर प्रमुख अक्षयकोष स्थापना गरिएको उहाँले बताउनु भयो । चामुण्डाविन्द्रासैनीलाई पर्यटकीय हवको रुपमा विकास गर्न नगरलाई निरन्तरता दिन बजेट विनियोजित गरिएको छ । असिना पिडितलाई राहत दिनका लागि खाद्यन्न संस्थान स्थापनाका लागि बजेट विनियोजित गरेको उहाँले जानकारी दिनुभयो । खाद्यन्न संस्थानको शाखा स्थापना भएपछि नगरवासीले सहुलितमा खाद्यन्न सामाग्री खरिद गर्न पाउने उहाँले बताउनु भयो ।
आगामी तीन वर्ष भित्र सबै वडामा विद्युतिकरण गरी चामुण्डाविन्द्रासैनी नगरपालिकालाई उज्यालो नगरपालिकाको रुपमा विकास गर्न बजेटलाई प्रथामिकता दिईएको उहाँले बताउनु भयो । यसैबीच चामुण्डाविन्द्रासैनी नगरपालिका विनियोजित ऐन पास भएको छ ।

प्रतिक्रिया