जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम

नारायण नगरपालिका उपप्रमुख सावित्री मल्लले जेष्ठ नागरिकहरुका ज्ञान र शिक्षा विकासका थप पृष्ठपोषणका रुपमा लिने गरको बताउनुभएको छ । नगरपालिकाका ११ वटै वडाका सर्वाधिक बढी उमेरका एक–एक जेष्ठ नागरिकलाई सम्मान कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष बीरबहादुर भण्डारीले नयाँ संरचना अघिका स्थानीय निकायहरुले जेष्ठ नागरिक लगायतका क्षेत्रमा निश्चित प्रतिशत लक्षित बजेट कार्यक्रम दिंदै आएकोमा अहिलेका जनप्रतिनिधिले डोजरले बाटो खन्नेमा खन्याउने गरेको भन्दै असन्तुष्टी पोख्नुभयो ।

पूर्व जिविस सभापति टेकबहादुर खाणले साहित्य देश विकासको निम्ति रचनात्मक आयाम भएको बताउनुभएको छ । कला साहित्य प्रतिष्ठान दैलेखले आदिकवि भानुभक्तको २०६ औं जन्मजयन्तीको अवसरमा आज दैलेखमा आयोजना गरेको खुला कविता प्रतियोगितामा सो विचार राख्नुभएको हो ।
त्यस बखत कवि सुरेन्द्र अधिकारी कृष्ण देवकोटा, प्रकाश आचार्य, जंग बोगटी, लक्ष्मी रीमाल लगायतले कविता र गजल प्रस्तूत गर्नुभएको थियो ।

त्रिभुवन मावि दैलेखका प्रधानाध्यापक निरक तारामीले बालबालिकाको सिर्जनशीलता थप्न बालमैत्री विधिबाट शिक्षण प्रणालीलाई विद्यालयहरुले अवलम्वन गर्दै आएको बताउनुभएको छ । नारायण नगरपालिकाले आजै देखि आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्वन्धी दुई दिने कार्यक्रममा सो विचार राख्नुभएको हो ।
नारायण नगर क्षेत्रका ३५ भन्दा बढी बालबालिका सहभागिता रहेको तालिममा बाल मैत्री स्थानीय शासन, बाल अधिकारका क्षेत्र, बाल मनोविज्ञान, बाल न्याय र बालविवाह रोकथाम विषयमा खमबहादुर थापा, गोमा केसी, अमर सुनार, दुर्गा गिरी लगायतले प्रशिक्षण दिइरहनुभएको बताइएको छ ।
प्रतिक्रिया