स्थानीय श्रोतले नै जिल्लालाई अभाव हुन नदिने उद्घोष

स्थानीय श्रोतले नै जिल्लालाई अभाव हुन नदिने उद्घोष

ज्वाला सन्देश सम्वाददाता

दैलेख – उद्यमीहरुको साँझा संस्था जिल्ला लद्यु उद्यमी समुहले भारतिय नाकाबन्दीले हुनसक्ने दैनिक खाद्यान्न अभाव हुन नदिने उद्घोष गरेको छ । मसला, जुस, तरकारी, फर्निचर, खाद्य, कपडा लगायतका बस्तुहरु अहिले बजारमा विक्रि भईरहेको भन्दा १० प्रतिशत सस्तोमा विक्रि गरिने बताएको छ । स्थानीय श्रोत परिचालन गरेरै कुनै पनि अभाव हुन नदिने समुहका अध्यक्ष झविराम खत्री (कवी) बताएका हुन् । उनले जुक्त झोला, कोट लगायत बस्तुहरु पनि उत्पादन हुने बताए । नाकाबन्दीले कुनै पनि असर नगर्ने जनाईएको छ ।

लघु उदमीको मेला
लघु उदमीको मेला
लघु उदमीको मेला
लघु उदमीको मेला

समुहको सहजिकरणमा जिल्लाभर विभिन्न ब्राण्डका उत्पादनहरु गरेको छ । नाकाबन्दीले सवैलाई सचेत गराएको समेत उद्यमीहरुले बताए । नेताहरु ब्यूझिनुपर्ने बेला आएको समेत उनीहरुको भनाई छ । अव सरकारले औद्यगीकरण गरी स्थानीय श्रोतको प्रयोगले देश आत्मनिर्भर हुनुपर्ने समेत खत्रीले बताए । बैंकले ऋण दिएमा ठुलाठुला उद्योग समेत साना उद्यमीले गर्न सक्ने बताए । स्थानीय श्रोतको प्रयोगले नै जिल्लालाई कुनै पनि कुराको अपुग हुन नदिने समेत जिल्ला लद्यु उद्यमी समुहले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

प्रतिक्रिया