बालबालिकालाई गाठेमंगल राख्न नदिइने

बालबालिकालाई गाठेमंगल राख्न नदिइने

दैलेख साउन १२ गते ।
यस पटकको वर्षे मेलाको शुभारम्भ हुने दिन राखिने गाठेमंगल बालबालिकालाई राख्न नदिइने भएको छ । जिल्ला प्रहरी कार्यालयले दैलेखमा वर्षे मेला, हरितालीका तीज र होटल व्यवस्थापन सम्वन्धी सरोकारवालासंग छलफल वैठकले सो निर्णय गरेको हो । बैठकले वर्षेमेलाको पहिलो दिन साउन १४ गते (बुधवार) लाखे निकाल्ने दैलेख बजारका चार वटा क्लव बाहेक अरुले गाठेमंगल राख्न नपाउने निर्णय गरेको हो ।
ग्रामीण क्षेत्रबाट आएका सर्वसाधारणलाई हैरानी गराउने गरेको व्यापक जनगुनासो आएको कारण बालबालिकालाई गाठेमंगल राख्न नदिइने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्र आचार्यले बताउनुभयो । कसैले बालबालिका प्रयोग गरे अभिभावकलाई कार्वाही गर्ने उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया