कक्षा १२ को परीक्षाफल आज साँझसम्ममा प्रकाशित हुने

कक्षा १२ को परीक्षाफल आज साँझसम्ममा प्रकाशित हुने

काठमाडौं साउन १३ गते राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा सोमबार प्रकाशन गर्ने भएको छ 
बोर्डले साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले बताउनु भयो ।
नतिजा प्रकाशनका लागि सोमबार बोर्ड बैठक बोलाइएको छ । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थिया े। परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन ्।

प्रतिक्रिया