असमावेशी लोकसेवा आयोगको विज्ञापन विरुद्ध ज्ञापन पत्र

असमावेशी लोकसेवा आयोगको विज्ञापन विरुद्ध ज्ञापन पत्र

दैलेख साउन २१
लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन असमावेशी भएको भन्दै देशभर विरोध कार्यक्रमको क्रम बढेको छ । दलित नागरिक समाज, पञ्चकोशी अपाङ्ग विकास मञ्च र आदिवासी जनजाति महासंघले जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत आज नेपाल सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
व्यानर सहित पुगेको टोलीले दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई सो ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र दलित अधिकारकर्मी मनीषा सोनीले प्रमुख जिल्ला अधिकारी कट्टेललाई हस्तान्तरण गरिन् । कट्टेलले सरकारको ध्यानाकर्षण भएको बताए । विज्ञापनमा दलित, जनजाति, मधेसी, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्तिलाई यस अघि पाउदै आएको आरक्षण नदिइएको कारण सरकारलाई सचेत गराउन बिरोध जनाउनु परेको पञ्चकोशी अपाङ्ग विकास मञ्च अध्यक्ष रत्न शाहीले बताए ।
संघीय लोकतान्त्रिक व्यवस्थामा यस अघि पाउदै आएको आरक्षण कटौती गरेकोमा आपत्ति जनाउँदै २०५८ देखि दिंदै आएको आरक्षण लागू नगरे आन्दोलनलाई सशक्त बनाउदै लिइने दलित अगुवा पत्रकार अमर सुनारले टिप्पणी गरे ।

प्रतिक्रिया