यौन दुव्र्यवहार सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया

यौन दुव्र्यवहार सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया

सुर्खेत साउन २२ ।
कर्णाली प्रदेशका दुई जिल्लामा ‘बालिका बचाउ अभियान’ सुरु भएको छ । विगत एक बर्ष देखि दैलेखबाट थालिएको अभियान सुर्खेतमा पनि संचालनमा ल्याईएको हो । बालिकाहरुलाई यौन दुव्र्यवहार तथा बलात्कारबारे कानुनी व्यवस्था जानकारी गराउन र उनीहरुको आत्मबल बढाउने उद्धेश्य सहित अभियान सञ्चालनमा ल्याईएको थियो । दैलेख जिल्लाका विभिन्न विद्यालय र समुदायमा संचालन गरिएको अभियान सुर्खेतमा पनि विद्यालय र समुदाय स्तरमा संचालन गरिने अभियानका संयोजक सजना सुनारले बताइन् । श्रृंखलाबद्ध रूपमा बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरू हुन थालेपछि यस्ता घटनाहरूलाई निराकरण गर्न अभियान थालिएको सुनारको भनाई छ ।
अभियान अन्तरगर्त मंगलवार कर्णालीको राजधानी विरेन्द्रनगर नगरपालिका वडा नंं. १ मा लैंगिक विभेद तथा यौन दुव्र्यवहार सम्बन्धि समुदाय स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । यहाँका जनप्रतिनीधि, १४ वटा टोल विकास समितिका पदाधिकारी, स्थानीय महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
सोहि अबसरमा अभियानकी संयोजक सुनारले लैंगिक विभेद तथा यौन दुव्र्यवहार सम्बन्धि सहजिकरण गरेकी थिइन् । समुदायका महिला र पुरुषको बराबर सहभागितामा संचालित कार्यक्रममा सहभागिहरुले विभिन्न खाले प्रतिबद्धता जनाएका छन् । लालीगुराँस टोल विकास समितिका अध्यक्ष सन्त बहादुर खत्रीले लैंगिक विभेद तथा यौन दुव्र्यवहार विरुद्ध संवेदनशिल भई जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाए ।
भिएसओे÷आईसिएस अन्तरगर्त आईसिभी एएलयूएकएलआईको अनुदान सहयोग तथा विरेन्द्रनगर नगरपालिका वडा नं. १ को समन्वयमा बालिका बचाउ अभियानद्धारा आयोजित कार्यक्रममा अभिभावकहरुले लैंगिक विभेद तथा यौन दुव्र्यवहार विरुद्ध भूमिका सहित प्रतिबद्धता जनाएका छन् ।
स्थानीय दिपा न्यौपानेले छोरा र छोरी विच गरिने विभेद नगर्ने प्रतिबद्धता जनाइन् । सोहि ठाउँकी पुस्पा सुनारले बालबालिकालाई विद्यालयसम्म पठाउने ठुलो भूमिका महिलाहरुको भएपनि विद्यालय स्तरमा हुने कार्यक्रममा आफुहरुलाई खबर नहुने गरेको बताइन् । कार्यक्रममा वडासदस्यद्धय विमला थापा र बुद्धिसरा सुनार समेत सहभागि थिए । लगत्तै दैलेख र सुर्खेतका चार वटा समुदाय र ११ वटा विद्यालयमा अभियानका कार्यक्रम गरिने संयोजक सुनारले बताइन् ।

प्रतिक्रिया