तरकारी खेती प्रविधि तालिम

तरकारी खेती प्रविधि तालिम

दैलेख साउन २६ ।
दैलेखको भैरबी गाउँपालिकामा तरकारी खेती प्रविधि तथा कम्पोष्ट मल सम्बन्धि तालिम सम्पन्न भएको छ । एईआएन लक्जेम्बर्र्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाले यहाँका आमा समुहका सदस्यहरुलाई तालिम प्रदान गरेको हो ।

भैरबी गाउँपालिका वडा नं. १, २ , ३ र ५ का आमा समुहका पदाधिकारीहरुलाई दुई दिने तालिम प्रदान गरिएको हो । डाँडीमाडीमा संचालित तालिममा ४७ जना सहभागि भएको परियोजनाका कृषि प्राविधिक कमल शाहीले बताए । तरकारीको परिचय तथा तरकारी खेती प्रविधि, तरकारी बालीको रोग तथा किरा, कम्पोस्ट मल लगायतको बिषयमा प्रशिक्षण दिइएको प्राविधिक शाहीले बताए ।

प्रतिक्रिया