चामुण्डामा युवा दिवस मनाइयो

चामुण्डामा युवा दिवस मनाइयो

चामुण्डा (दैलेख) ।
१२ औँ अन्र्तराष्ट्रिय युवा दिवस भव्य रुपमा मनाईएको छ । सोमबार जम्बुकाँधमा चामुण्डाविन्द्रासैनी नगरपालिका, सेभ द चिल्ड्रन र एभरेष्ट क्लवको संयुक्त आयोजनामा “शिक्षामा रुपान्तरणः उद्यमशिलता र नवप्रवर्तन” भन्ने मुलनाराका साथ दिवस मनाईएको हो । दिवसमा नगरपालिका भित्र व्यवसायी गर्दै आएका दुई जना युवा उद्यमी सम्मान गरिएको छ । सम्मानित हुनेमा चामुण्डाविन्द्रासैनी–६ की दिपा रावत र वडा नं. ३ की भावना लामिछाने मगर रहेकी छिन ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका कार्यवाहक नगर–प्रमुख एवम् वडा नं.१ का वडा अध्यक्ष रंगबहादुर तामाङ्गले गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफलस्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पु¥याएरको उहाँले बताउनु भयो । युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिका नीति तथा कार्यक्रम नै पास गरेको उहाँले जानकारी दिनुभयो ।
एभरेष्ट क्लवका अध्यक्ष दिपककुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विक, सेभ द चिल्ड्रनका मोतिलाल ढकाल, नगर उद्योग वाणिज्य संघका अध्यक्ष लोकेन्द्र प्रसाद शर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए । यसैगरी नगर उद्योग वाणिज्यसंघ अध्यक्ष शर्माले आर्थिक रुपमा विपन्न दुई जना बालबालिकालाई १० हजारका दर आर्थिक सहयोग गरेको थिए ।

प्रतिक्रिया