सौहार्द रक्षाबन्धनका लागि छलफल हुँदै

सौहार्द रक्षाबन्धनका लागि छलफल हुँदै

दैलेख साउन २७ ।
यस वर्ष साउन ३० गते मनाइने जनैपूर्णिमाका दिन रक्षाबन्धनलाई सबैको आत्मसम्मान र सदभाव युक्त बनाउन दलित नागरिक समाजले भोलि दैलेख सदरमुकाममा छलफ कार्यक्रम गर्ने भएको छ । दैलेखका केही स्थानमा दलितहरुलाई जातकै कारण रक्षाबन्धन धागो बाँध्न इन्कार गर्ने गरेका घटना र अघिल्लो वर्ष ब्राम्हणहरुले जनैपूर्णिमा बहिस्कार गरेको जस्तो असझदारी हटाउन छलफल गर्न लागिएको अधिकारकर्मी अमर सुनारले जानकारी दिनुभयो ।
जात विशेषलाई विभेदको स्थिति सिर्जना नहुने गरी रक्षाबन्धन आत्मसम्मान, सौहार्दता र सदभावका साथ मनाउने विषयमा हुने छलफल कार्यक्रममा राजनीतिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, ब्राम्हण संघका प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता हुने जनाइएको छ ।
छलफल कार्यक्रममा कर्णाली प्रदेशसभा साँसद दानसिंह परियार, नीति शास्त्रका ज्ञाता ज्ञानमणी नेपाल कार्यक्रमका मुख्य सहजकर्ता हुनुहुने दलित नागरिक समाजले जनाएको छ ।
जिल्ला समन्वय समितिको सानो सभाहलमा विहान ८ बजेदेखि कार्यक्रम सुरु हुने बताइएको छ ।

प्रतिक्रिया