भैरवीमा बदेल आतंक

भैरवीमा बदेल आतंक

दैलेख साउन २८ ।
भैरबी गाउँपालिका वडा नं. ३ लम्जी टोलमा बदेलले मकै नोक्सानी पु¥याएर स्थानीय बासिन्दाहरु आजित भएका छन् । मकै खान आएको बँदेल धपाउन जाँदा आज विहान बँधेलको आक्रमण्बाट रत्न सुनारको बुहारी २१ वर्षीया पूजा सुनार घाइते हुनुभएको स्थानीय बडलम्जीका स्थानीय लोकप्रसाद आचार्यले जानकारी दिनुभयो । बँदेलले आक्रमणको क्रममा पूजाको घाँटी, दाहिने हात, खुट्टाको तीघ्रामा कोपरेर मासुको चोक्टा निकालेको बताइएको छ । उनको दुल्लू अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुल्लूका निरीक्षक बजीरसिंह बिष्टले जानकारी दिनुभयो ।
बँदेलले एक साता अघि २३ डिल्लीप्रसाद पाण्डेलाई पनि घाइते बनाएको थियो । यसैगरी गत वर्ष पनि २ महिलाहरुलाई घाइते भएका थिए । बँदेल धपाउन गाउँपालिकाले चासो नदिएको भन्दै स्थानीयहरुले असन्तुष्टी पोखेका छन् ।

प्रतिक्रिया