हेलिकोप्टर सेवा : बचायो दुर्गम गाउँका आमा र शिशुको ज्यान

हेलिकोप्टर सेवा : बचायो दुर्गम गाउँका आमा र शिशुको ज्यान

सिमकोट, साउन २८। सुत्केरी ब्यथाले छट्पटीएकी दुर्गमकी महिलाहरुको ज्यान बचाउने माध्याम हवाई लिफ्ट भएको छ । पछिल्लो पटक हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ३ रोकायाबाडाकी अबकति बुढालाई सुत्केरी ब्यथाले च्याप्यो । 
व्यथा लागेको २७ घण्टा पछि सदरमुकाम सिमकोटबाट गएको हेलिकोप्टरले लिफ्ट गरि उहाँको उद्धार पछि भ्याकुम प्रविधिबाट उपचार गर्दा गर्दा आमा र बच्चाको ज्यान जोगिएको छ ।
ब्यथा लागेको १९ घण्टा पछि जिल्ला अस्पतालमा खबर गरेको भए पनि बिहान मौसम खराब हुँदा सिमकोटबाट २७ घण्टा पछि हेलिकोप्टरबाट उद्धार भएको उहाँका श्रीमान कालीबहादुर बुढाले बताउनुभयो । 
ब्यथाले निक्कै थलिएकी श्रीमतिको आशा मारेको भए पनि हेलिबाट उद्धार हुँदा बचाउन सकिएको उहाँले बताउनुभयो । २२ बर्ष उमेर पुगेकी बुढाले दुई बर्ष अगाडि पहिलो बच्चा जन्माउनु भएको थियो भने  र यो उहाँको दोस्रो सन्तान हो । 
अस्पतालमा उद्धार गरि ल्याए पछि भ्याकुम प्रविधिबाटसफलता पूर्बक तीन केजी ७०० ग्रामको बच्चा जन्माउन सफल भएको जिल्ला असपतालकी सिनियर अनमी सरिता बोहराले बताउनु भयो । 
शल्यक्रिया गर्नु पर्ने अबस्था आएको भए चिकित्सक नभएकाले जिल्ला बाहिर रिफर गर्ने तयारी समेत गरि रहेको अबस्थामा अस्पतालमा ल्याउने बित्तिकै मेशिनको प्रयोग गर्दा बच्चा जन्माउन सफल भएको उहाँले बताउनुभयो । हाल आमा र बच्चा दुबै अस्पतालमा उपचार गरि रहनु भएको छ । 
चंखेलीमा गर्भवती महिला छट्पटाई रहेको खबर आउना साथ सिमकोटमै रहेका निजी हेलिकोप्टरहरुसँग कुरा गरेर उद्धारका लागि हेलि चंखेली पठाईएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताउनुभयो । 
मनाङ एयरको हेलिकोप्टरले उद्धार गरेको र यसको आर्थिक ब्ययभार संघीय सरकारबाट वा प्रदेश सरकार मध्य जताबाट छिटो भुक्तानी हुन्छ उतैको खर्चबाट बेहोरिने उहाँले बताउनु भयो । जे होस समयमा उद्धार गरेर आमा र बच्चाको ज्यान जोगिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराई जिल्लामा आएको १५ दिन मा नै दुई गर्भवती महिलाको उद्धार गरिएको छ । 
यस अघि नाम्खा गाउँपालिका वडा नम्बर छ को हिमाल पारीको गाउँकी गर्भवती महिलाको उद्धार गरिएको थियो । एक बर्ष यता हुम्ला जिल्लामा सात वटा गर्भवती महिलाको हेलिकोप्टरमा उद्धार गरिएको छ । जस मध्य तीन जनाको जिल्ला मै उपचार गरेर बच्चा जन्माइएको छ भने चार जनालाई जिल्ला बािरह रिफर गरिएको थियो । गाेरखापत्र

प्रतिक्रिया