बजार बिस्तारका लागि रणनैतिक योजना

बजार बिस्तारका लागि रणनैतिक योजना

दैलेख (राकमकर्णाली)
दैलेख, अछाम र कालिकोटका तरकारी संकलन केन्द्रका संचालक, व्यापारी र कृषकहरुले बजार विस्तारका लाग रणनैतिक योजना तयार पारेका छन् । तीन जिल्लाको संगम स्थल आठबिस नगरपालिकामा आयोजित एक दिने बजारपात्रहरुसँगको रणनैतिक कार्यशालामा योजना तयार पारिएको हो ।
सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखद्वारा सञ्चालित साकार परियोजनाद्धारा आयोजित कार्यशालामा तरकारी संकलन केन्द्रका संचालक तथा व्यापारिहरुले आ–आफ्नो जिल्लाको बजार समिक्षा गरेको कृषि प्राविधिक प्रेमा रोकायले जानकारी दिइन् । कार्यशालाको बसुन्धारा कृषि सहकारी संस्थाको सहजिकरण गरेको थियो ।

अछाम, कालिकोट र दैलेखका तरकारी संकलन केन्द्रका संचालक, व्यापारी, तरकारी उत्पादक कृषक, हाट बजार व्यवस्थापक लगाएत १७ जनाको सहभागि रहेको कार्यशालामा तरकारी बजारको अवस्थाबारे समिक्षा गरिएको थियो ।
कार्यशालाले तरकारीको बजारीकरणका लागि योजना तयार पारेको कृषि प्राविधिक रोकायले बताइन् । तीन जिल्लाका व्यापारीहरुविच समन्वय गरी तरकारी खरिद विक्री गर्ने निष्कर्ष निकाल्दै कार्यशाला सकिएको छ ।

प्रतिक्रिया