लागु औषध गाँजा नष्ट

लागु औषध गाँजा नष्ट

हिक्मतबहादुर नेपाली
दैलेख भदाै १६ – दैलेखको नारायण नगरपालिका–७ र ८ को ढकाने लगाएतका स्थानमा भेटिएको अबैध लागू औषध गाँजा प्रहरीले फडानी गरेको छ । यहाँका करिब पाँच सय बढि बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । गाँजा भएको सूचनाका आधारमा प्रहरीले खोजी गरि उक्त ठाउँको पहिचान गरेर नष्ट गरिएको उनले बताए ।
लागु औषध नियन्त्रण सम्बन्धि विशेष अभियान अन्तरगर्त गाँजा नष्ट गरिएको उनले बताए । जिल्लाका विभिन्न स्थानमा गाँजा लगाईएको पाईएपछि प्रहरीले अंकुश लगाउन फडानी अभियान थालेको हो । यो सिजनमा फाटफुट गाँजा देखिएपछि सुरक्षा निकायका लागि चुनौती जस्तो भएपछि जिल्ला प्रहरी कार्यालय दैलेखले मातहतका प्रहरी इकाईहरुलाई गाँजा फडानीको लागि कडाई गरेको छ । ‘जिल्लाका सबै इकाईहरुमा परिपत्र गरिसकेका छौ,’ प्रहरी निरिक्षक आचार्यले भने ‘स्थानीयले खेती नै गरेको पाइएको छैन्, आफै उम्रिएका गाँजा नष्ट गर्ने अभियान थालेका हौ ।’
खेतबारीमा गाँजा खेती नै गरेको भेटिएमा कानुनी कार्बाही गर्ने प्रहरी निरिक्षक आचार्यले बताए । स्थानीय बासिन्दाको घरवरिवरीबाट फडानी गरिएको गाँजा जलाइएको प्रहरीले जनाएको छ । गाँजा उन्मुलनको अवस्थामा पु¥याउन लागिपरेको प्रहरी निरिक्षक आचार्यले बताए । प्रतिबन्धीत लागु पदार्थको बनस्पति गाँजाबाट दैलेख पनि मुक्त छैन् ।

प्रतिक्रिया