भ्रष्टाचार विरुद्ध साइकल यात्रा

भ्रष्टाचार विरुद्ध साइकल यात्रा

दैलेख भदौ १७ ।
भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङ–४ का युवा कर्ण बहादुर श्रेष्ठले साइकल यात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट साइकल यात्रा सुरु गरेका उनि सोमवार दैलेख आइपुगेका छन् । साइकल यात्रा गरी नेपालका ७७ वटै जिल्ला पुग्ने उनको लक्ष छ ।
दैलेख सहित ५७ वटा जिल्ला साइकल यात्रा गरेर पुगिसकेको उनले बताए । सोमवार दैलेख आएका श्रेष्ठले भने ‘साइकलयात्राका क्रममा उनले भ्रष्टाचार न्यूनिकरण र व्यवहारिक शिक्षाको अभियानलाई मुख्य उद्देश्य बनाएको छु ।’ देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । उनले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताए । देशको प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा उनको जोड छ । देशमा व्यवहारिक शिक्षा आवश्यक रहेको विषय भ्रमणबाट थाहा पाएको बताए । यात्राका क्रममा साइकल बिग्रीयो भने मर्मतका सामग्री समेत साथमै बोकेर हिडेको उनले उल्लेख गरे ।

प्रतिक्रिया