पीडा र बेदनाको खाडलमा ‘लोकतान्त्रिक चौक’

पीडा र बेदनाको खाडलमा ‘लोकतान्त्रिक चौक’

‘लोकतान्त्रिक जन–आन्दोलन २०६२/०६३ सफलता पश्चात आन्दोलनरत तत्कालिन नेकपा एमाले, नेकपा माओवादी हालको नेकपा पार्टी र नेपाली काँग्रेस पार्टीका नेता, कार्यकर्ता तथा लोकतन्त्रका शुभचिन्तक नागरिकहरुको अभिलाषा थियो , लोकतान्त्रिक शासनमा स्वतन्त्रता हुन्छ, मौलिक हक÷अधिकार प्रदान हुन्छ । संविधानमा त्यो भएको पनि छ ।

खुशियाली सँगै शासन सत्ता संचालनको सम्बन्धित तहमा पुगेका व्यत्तिहरुले उतिवेला यो चौकको भविष्यको उद्घोष गरेका थिए । भाग्य रेखाको सट्टाको दुरावस्थाको अवधि पनि आज बाह्र (१२) बर्ष पूरा भएछ । तर पनि सर्वसाधारण व्यक्तिहरु म जस्ता नागरिकहरुले लोकतान्त्रिक चौकको पहिचान त अहिले भैरवा सुनचाँदी पसल (दैलेख बजारले पो गराइरहेको सुन्न पाईन्छ । सुनेको छु ।
दैलेख बजारको बिचमा रहेको स्थानीय टुडिखेलको मुल द्धारकोदायाँ तर्फ स्थलमा नाम सम्मको लोकतान्त्रि चौकमा अहिले मात्र हैन उहिल्यै देखि विभिन्न राजनीतिक दलहरुको आम सभा, धार्मिक, सास्कृतिक कार्यक्रम, खेलकुदका औपचारिक कार्यक्रमहरुको सुरुवाती देखि समाप्ती सम्म उपस्थिति हुन्छ ।

शियाली सँगै शासन सत्ता संचालनको सम्बन्धित तहमा पुगेका व्यत्तिहरुले उतिवेला यो चौकको भविष्यको उद्घोष गरेका थिए । भाग्य रेखाको सट्टाको दुरावस्थाको अवधि पनि आज बाह्र (१२) बर्ष पूरा भएछ । तर पनि सर्वसाधारण व्यक्तिहरु म जस्ता नागरिकहरुले लोकतान्त्रिक चौकको पहिचान त अहिले भैरवा सुनचाँदी पसल (दैलेख बजारले पो गराइरहेको सुन्न पाईन्छ । सुनेको छु ।
दैलेख बजारको बिचमा रहेको स्थानीय टुडिखेलको मुल द्धारकोदायाँ तर्फ स्थलमा नाम सम्मको लोकतान्त्रि चौकमा अहिले मात्र हैन उहिल्यै देखि विभिन्न राजनीतिक दलहरुको आम सभा, धार्मिक, सास्कृतिक कार्यक्रम, खेलकुदका औपचारिक कार्यक्रमहरुको सुरुवाती देखि समाप्ती सम्म उपस्थिति हुन्छ ।

सबै तह र तप्काका नेताहरुको उपस्थिती हुने र भाषण गर्ने यो चोकमा विगत १०/१२ वर्ष देखि स्थल वरिपरी ढुङ्गा/माटो, गिट्टी, बालुवा, इट्टा तथा अन्य फोहोर मैला डम्पिङ्ग जस्तो आदिबाट थिचिएको /मिचिएको, अस्तित्व विहिन हुन पुगेको छ । यसले लोकतान्त्रिक चौकको पिडा र वेदना सुनाउँदा लोकतान्त्रिक आन्दोलनका सहभागी पार्टीका नेता/ कार्य कर्ताहरुको आँखा कान पनि बन्द भइसकेका हुन् कि भन्ने महसुस लोकतान्त्रिक चौकका शुभचिन्तक नागरिकहरुले गरिरहेका छन । लोकतान्त्रिक चौक प्रति कत्तिपनि सहानुभूति नपाउँदा कतै लोकतन्त्रलाई प्रतिगमहरुको पोल्टामा पु¥याउने त होइनन् भन्ने शंकामा शुभचिन्तकहरु अत्यन्त चिन्तित अवस्थामा देखिन बाध्य भएका छन ।
लोकतान्त्रिक जन–आन्दोलन ०६२/०६३ को मर्म र पिंडाको विस्म कतै वर्तमान गणतन्त्रको स्वादले विर्साएको त छैन भन्ने महशुस शुभचिन्तक नागरिक हरुमा भइरहेको छ । तत्कालिन समयमा लोकतान्त्रिक जन–आन्दोलन २०६२/०६३ ले लोकतान्त्रिक समर्थक पार्टी तथा प्रतिक्षार्थी नागरिकहरुको बाधिएका हातखुट्टा फुकाएर लोकतन्त्रको संरक्षण गर्ने प्रेरण पाएका थिए तर हाल गणतन्त्रको गीत/संगित मा नाचिरहेका पार्टी नेता÷कार्यकर्ता, जनप्रतिनिधिहरुको गलत व्यवहारले व्यापक क्षेत्र मौलाईरहेको प्रति लोकतान्त्रिक चौकका शुभचिन्तकहरुमा निरासको भावना प्रेरित भइरहेको छ ।
अबको समय लोकतन्त्र सहित गणतन्त्रलाई चिरस्थायी बनाउन सम्बन्धित प्रतिक्षार्थी राजनीतिक पार्टी नेता÷कार्यकर्ता तथा स्थानीय देखि संघीय तहसम्मका जनप्रतिनिधिहरुले आ–आफ्ना तहबाट सर्वसाधारण नागरिकहरुलाई लाभाँस पुग्ने÷प्राप्त गर्नेगरी यस लोकतान्त्रिक गाणतन्त्र शासन व्यवस्थालाई थप गोडमेल, जलमल पु¥याउन आवश्यक रहेको पनि ध्यानार्षण गराउँछु । यदि, भोली फेरी जनताको घरदैलोमा हात जोड्न जादा नागरिक सकारात्मक अनुरोध/आवाजलाई समर्थन र सहयोग नगरी वैचारिक सिद्धान्तको आधारमा असमान व्यवहार वा भेदभाव भएको प्रति महशुस भएमा हर्ष/खुसियालीले बज्ने थपडिका हातहरु कालो मोसोले वेलकम गर्न बाध्य नपारियोस जुन आज दैलेख बजार स्थित लोकतान्त्रिक चौकको गरिमा /अस्तित्वलाई फोहरको डंगुर तथा गाडी/टयाक्टर पार्किङ्गको यथास्थिति बाट मानसिक परिवर्तन आउन नसकेको भए पनि यसको दुर्भाग्यको जरो उखेल्ने कार्यमा अग्रसरता देख्न पाइयोस भनि कामना गर्दछु ।

अहिले हाम्रो देशको शासन व्यवस्था संचालनमा रहेका जनप्रतिनिधिहरुको कार्यशैलीको करेक्शन गर्ने जिम्मेवारी बोकेको मुख्य प्रतिपक्षी दल नेपाली काँग्रेसका पार्टी प्रतिनिधिहरुको अहमता र निर्वाचित जनप्रतिनिधिहरुको कमजोर अवस्थाले गर्दा पनि लोकतान्त्रिक शुभचिन्तकहरुको मनोबल उठ्न नसक्ने वेदना झल्किरहेको देख्न पाइन्छ ।
लोकतान्त्रिक चौकको दुरावस्थाप्रति स्थानीय पत्र पत्रिकाहरुमा प्रकाशित भइसकेता पनि कुनै पनि राजनितिक पार्टी, जनप्रतिनिधि कसैले पनि सहानुभुतिको प्रेरणा पाउन नसक्दा कतै लोकतान्त्रिक चौक भविष्य निर्माणमा जन–आन्दोलनको वाध्यता रहेको त छैन ? अँझै पनि समय छ, जिल्लाभित्रका यस्ता ऐतिहासिक महत्वका कोतगडी, लोकतान्त्रिक चौक, मठ मन्दिरहरुको दिर्घकालिन सोच निर्माण गरेर भौतिक पूर्वाधारहरुको व्यवस्थापन गर्दै दिगो विकास सँगै सुन्दर दैलेख बजार बनाउन सवैको सकारात्मक सोच हुनुपर्ने देखिन्छ ।
(कृपया पाठकमित्र, यो लेख लेख्नु मेरो रहर होइन बाध्यता हो ।)

प्रतिक्रिया