पञ्चकोसीको डीपीआर हुँदै


दैलेख भदाै २५ – पञ्चकोशीमा मानव निर्मित ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु हुन थालेको छ । आवेदन दिइएका चारमध्ये २ कन्सल्टेन्सी छनोटमा परेपछि डीपीआरको काम सुरु हुन थालेको हो ।
नारायण नगरपालिकाका अनुसार कोटिलामा मानव निर्मित ताल निर्माण गर्न लागिएको छ । जसको डीपीआरका लागि इन्जिनियरिङ कल्सल्टेन्ट/जियोकम इन्टरनेसनल प्रालि जेभी र सीआईएस प्रालि/पश्चिमाञ्चल कन्सलटेन्सी/नेपाल इन्जिनियरिङ एसोसियसन जेभी छनोटमा परेका छन् ।
छनोटमा परेका कन्सल्टेन्सीले चक्रपथ, ताल, बाँध, पुललगायत संरचनाको डिजाइन स्टमेट गरेपछि डीपीआरको कामले तीव्रता पाउने नगरपालिकाका इन्जिनियर हिक्मत रोकायले बताए । उनका अनुसार डीपीआरको काम नहुँदा पटकपटक प्रदेश सरकार र स्थानीय सरकारले विनियोजन गरेको बजेट फ्रिज जाने गरेको थियो । डीपीआरका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयल चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले छनोटमा परेका कन्सल्टेन्सीले संरचनाको डिजाइन इस्टमेटको काम सुरु गर्न थालेको बताए । ‘दुई वर्षअघि नै डीपीआरका लागि प्रयास थालेका थियौं, बल्ल कन्सलटेन्सी छनोटको काम सकिएको छ,’ उनले भने, ‘अबको ५ महिनाभित्र डीपीआरको काम हुनेछ ।’ उनले मानव निर्मित ताल नगरपालिकाको ‘डिम प्रोजेक्ट’ भएको सुनाए । तोकिएको समयमा डीपीआर तय नभए यो वर्ष पनि बजेट फिर्ता जाने जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए ।
‘यो दैलेखको गौरवको योजना हो,’ उनले भने, ‘नगरपालिकाले यसलाई प्राथमिकता दिन जरुरी छ ।’ उनले तीनै तहका सरकारको सहभागितामा पञ्चकोशी क्षेत्रको विकास गरिने जनाए । पञ्चकोसीमा गत वर्ष भूक्षय रोक्न पर्खाल लगाउने गरी ३५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर नगरले काम समयमै सम्पन्न गर्न नसकेको उनको भनाइ छ । कान्तिपुर ।
प्रतिक्रिया