बर्षाले घर भत्किँदा १४ बाख्रा मरे

बर्षाले घर भत्किँदा १४ बाख्रा मरे

दैलेख भदाै २७ । दैलेखको भगवतीमाई गाउँपालिका ३ पुग्याँमा बिहीबार राति बर्षातको कारण घर भत्किएको छ । दुई दिनदेखि लगातार परेको पानीको कारण घर भत्किँदा घरको भुई तलामा राखिएको १४ बाख्रा मरेका छन् । 

घर भत्कन सक्ने भन्दै परिवारका सदस्य भने अर्को घरमा सरेका थिए  । घरको भुईतलामा राखेका २५ बाख्रा मध्ये १४ बाख्रा मरेका हुन् । घरभित्र राखिएको अन्न, लत्ताकपडा सवै पुरिएको छ । शुक्रबार बिहान प्रहरी टोलीले उद्धार गर्दा अन्य ११ बाख्रा ज्यूँदै उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।

बिहीबार दिउँसो र राति ठूलो पानी परेपछि दैलेखको पूर्वी खण्डमा पर्ने मध्यपहाडी राजमार्गका बिभिन्न स्थानहरुमा पहिरो झरी आवतजावत अवरुद्ध बनेको छ । मध्यपहाडीको जगनाथ खण्डमा ठूलो पहिरो गएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए । 

प्रतिक्रिया