ब्यवसायी बन्दै यूवाहरु
गोविन्द केसी
दैलेख – पलस टु उत्र्तिण गरेर पढ्दै गरेका रार्कमकर्णाली – ६ सेरावाडाका २४ वर्षिय नमराज माझी नजिककै आठविसे क्याम्पसमा दोस्रो वर्षमा अध्यान्तरक्त छन् । क्याम्पस पढ्दै गरेका माझी जाँगिरको पछाडी नलागेर अहिले तरकारी खेतीका लागि बारीमा काम गर्न भ्याईनभ्याई हुन्छ । घर नजिककै रहेको बारीमा उन्नत सिरिज जातको टमटर खेती सुरुवात गरेका माझीले जाँगिरका लागि नेतादेखी ठुलावडाको चाकडी गन्नुभन्दा आफ्नै बारीमा तरकारी खेती गरे आम्दानी गर्न सकिने भएकाले तरकारी खेतीतिर लागेको बताए ।
बेर्ना आफै तयार पारेर नमराजले सुरु गरेको टमटर खेती अहिले एउटा पोली हाउसभित्र लगाएका छन् । ł१ महिनाभित्रै लगाएको टमटर फल्न सुरु गर्छ । “नमराजले भने, गर्न सके यही टमटरबाट आफ्नो पढाई र घर खर्च निकाल्न सकिन्छ ।” आफ्नो पढाईसंगै परिवारसंग बसेर ब्यवसायीक रुपमा टमटर खेती गर्न सकिने भएकाले आफुले टमटर लगाएर बेच्ने सोच गरेको नमराजले बताए । आलु र मकै लगाउदै आउका उनले यस पटक आम्दानी हुने राम्रो बजार पाउने देखेपछि टमटर लगाएका हुन् । रार्कमकर्णाली – ४ का अर्जुन नेपाली अहिले १९ वर्ष भए । एसएलसी पास भएर प्लस टु पढ्दै गरेका अर्जुन सिलाई कटाई तालिम लिएर गाँउमै पसल चलाएका छन् । पढ्दै उद्यमी बन्दै गरेका अर्जुनले आफु र परिवारको खर्च चलाउन टेर्लस चलाउनुपरेको बताउँछन् ।
त्यस्तै रार्कमकर्णालीकै २२ वर्षिया कौशिला विकलाई परिवारले खर्च गरेर पढाउनुपर्ने बेला सिलाई कटाई तालिम लिई आफ्नो र परिवारको खर्च निकालेर सफल उद्यमी भएकी छिन् । कलिलो उमेरमै तालिम लिई घर नजिकै टेर्लरिङ पसल गरेकी कौशिलाले आम्दानीको बाटो अंकालेकी हुन् । łपरिवारलाई मात्र कति सताउने भनेर केही गर्ने सोचले सिलाई कटाई सम्वन्धि तालिम लिई पसल सुरु गरेको हुँ । “कौशिलाले भनिन्, खाली बस्नुभन्दा सवैले सक्ने काम गरेर आफु र परिवारको खर्च निकाल्नुपर्छ ।” रार्कमकर्णालीमा ब्यवसाय गरेर बसेका नमराज, अर्जुन र कौशिला एक प्रतिनिधि पत्र मात्र हुन् । यहाँका यूवाहरु पढ्दापढ्दै कमाउन भारत जाने परम्परालाई तोड्दै धेरैजसो अहिले गाँउमै केही न केही ब्यवसाय गर्ने गरेका छन् । यूवालाई लक्षित गरेका ब्यवसाय गर्न सहयोग गरेपछि यूवाहरु आर्कषित भएको जिविकोपार्जन तथा दिगो खाद्य सुरक्षा परियोजना दैलेखका संयोजक बसन्त श्रेष्ठले बताए । उद्यमी तथा तरकारी खेती गर्न चाहनेहरुलाई परियोजनाले सहयोग गरेको उनले बताए । रार्कमकणाली क्षेत्रमा सामाजिक सेवा केन्द्र मार्फत उक्त परियोजना मार्फत खाद्य सुरक्षाका लागि उत्पादन तथा उद्यमी बनेका हुन् ।
प्रतिक्रिया