मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम

मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम

दैलेख असोज २ ।
दैलेखको दुल्लु नगरपालिकामा मर्यादित महिनावारी तथा घरेलु सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । हेल्भेटास स्वीस इन्टरकोअपरेशनको र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको आयोजनामा एक दिने तालिम सकिएको हो ।
तालिममा सहभागिले घरेलु प्रविधिको सेनेटरी प्याड बनाउन सिकेका छन् । मर्यादित महिनावारीको सवालमा छलफल हुनुका साथै छात्रामैत्री विद्यालय निर्माण तथा महिनावारी भएको बेला छात्राहरुलाई अनिवार्य सेनेटरी प्याड व्यवस्थापन गर्नेबारे छलफल भएको परियोजनाका ललिता भण्डारीले जानकारी दिइन् ।
तालिममा दुल्लु नगरपालिका–६ को महेन्द्रजयदेव मावीका विद्यालय व्यवस्थापन समितिका सिता खड्का, शिक्षक रिता थापा, विद्यार्थीहरु दुर्गा शाही, विनिता खड्का, दुल्लु नगरपालिका–७ को नेपाल राष्ट्रिय माविका शिक्षक हिरा खड्का, विद्यार्थीहरु शान्ति चालिसे, लक्ष्मी शाही लगाएत स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया