युरोगाड सहितको खानेपानीको धारा जडान

युरोगाड सहितको खानेपानीको धारा जडान

दैलेख असाेज ५ गते । शुद्ध खानेपानीका लागि दैलेख अस्पतालमा युरोगाड सहितको खानेपानीको व्यवस्था गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आर्थिक सहयोगमा युरोगाड सहितको खानेपानीको धारा जडान गरिएको हो । ‘संविधान तथा राष्ट्रिय दिवस’ को अबसरमा प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले युरोगाड सहितको खानेपानीको धारा उद्घाटन गरेका छन् ।

त्यस अघि दैलेख अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो । उद्योग वाणिज्य संघ दैलेखको आर्थिक सहयोगमा अस्पतालमा उपचार गराईरहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । फलफुल वितरण पछि प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले यो संविधान र गणतन्त्र खेलाची गरेर ल्याइएको नभएर ठुलो त्याग र बलिदानीले ल्याएको बताउँदै जथाभावी बोल्ने र अबमूल्यन गर्ने काम कसैले नगर्न आग्रह गरे । तिन तहको सरकारको बिचमा मत मतान्तर देखिए पनि बिस्तारै मिल्दै जाने र गणतन्त्रको फल प्राप्त हुने उनको भनाई छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले संविधान दिवसलाई भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद तथा शुभकामना व्यक्त गरे । संविधान द्धारानै सवै संचालित हुनेभएकाले संविधानको मर्म विपरित कोही पनि जान नहुने उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलले संविधानको मूल मर्म विपरीत कोहि पनि जान नहुने र संविधान कार्यान्वयको अवस्थामा तिनै तहको सरकारको सकारात्मक भूमिकाबाटनै संविधानको स्थायित्व गर्न टेवा पुग्ने बताए । कार्यक्रममा नारायण नगरप्रमुख रत्नबहादुर खड्का सहित जनप्रतिनिधि, जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रुपक थापा, महासचिव राजेशकुमार हमाल, अस्पताल व्यवस्थापन सहित प्रशासनिक टोली लगाएतको उपस्थिती रहेको थियो । फलफुल वितरणसंगै अस्पतालको भौतिक अवस्था, सेवा प्रवाह तथा आवश्यकताको बिषयको समेत अनुगमन तथा छलफल गरिएको थियो ।

प्रतिक्रिया