तल्लो डुङ्गेश्वरमा संविधान दिवस
दैलेख असाेज ५ । जनप्रतिनिधिद्वारा निर्मित संविधान र त्यसअनुरूपका शासकीय खाकाद्वारा मुलुक सञ्चालित भएको चार वर्ष पूरा भयो । मुलुकभर ऐतिहासिक रूपमा २०७२ असोज ३ मा घोषित संविधानको चौथो वर्षगाँठ मनाईयो । दीपावली सहित तीन दिन ‘संविधान तथा राष्ट्रिय दिवस’ का रूपमा मनाइयो । दैलेखका आम नागरिकले त्यसरी नै हर्सोल्लासका साथ दिवस मनाए । दिवस यस अघिका बर्षमा पनि मनाइन्थ्यो । तर दैलेखको तल्लो डुङ्गेश्वरमा रहेका बादी समुदायका नागरिकहरुले संविधान दिवसको दिन कामकाजमै बित्थ्यो ।
दिवसका दिन सामान लोड अनलोड गर्ने, गिट्टी कुट्ने र घरधन्धानै बिताउने यहाँका नागरिकहरुले यस बर्ष भने संविधान दिवस मनाएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सामाजिक कार्य विषयमा स्नातकोत्तर र स्नातक तहमा अध्ययनरत विद्यार्थी, शिक्षकहरुसँगै उनिहरुले दिवस मनाएका हुन् । उनिहरु ¥यालीमा सहभागि भए । नेपालको संविधानका महत्वपूर्ण विशेषताहरु जानकारी पाए । समुदायका महिला, बालबालिका, युवा, बृद्धबृद्धा सहभागि थिए ।
विद्यार्थीहरु छिमेकी शिवरका लागि गुराँस गाउँपालिका–२ र दुल्लु नगरपालिका–१ को संगम स्थल रहेको तल्लोडुङ्गेश्वर आएका थिए । दिवसका अबसरमा स्थानीय नागरिक र प्रहरीको समन्वयमा चेतनामुलक ¥याली गरिएको थियो । दिवसको शुभकामना आदान प्रदान गर्नुका साथै बाल विवाह, छाउप्रर्था, बहुविवाह लगाएतका विषय समेटेर सडक नाटक प्रर्दशन गरिएको सामाजिक कार्यमा स्नातकोत्तर तहमा अध्यननरत छात्रा सजना सुनारले बताइन् । विद्यार्थीहरुको समुहले विद्यालय र समुदायमा बाल विवाह, मर्यादित महिवारी सम्बन्धि अभिमुखिकरणसँगै छलफल गरेको सुनारले बताइन् । महादेव मावीमा किशोरीमैत्री शौचालय र वातावरण बनाउनका लागि शिक्षकहरुसँग छलफल तथा पहल गरेका थिए ।
प्रतिक्रिया