अपांगता भएकालाइ घरमै पढाइने

अपांगता भएकालाइ घरमै पढाइने

तालिममा सहभागि सहजकर्ताहरु

हिक्मतबहादुर नेपाली
दैलेख असाेज ६ : गुराँस गाउँपालिका –३ का १४ बर्षिय मिलन शाहीको आधा शरिर चल्दैन् । कक्षा ६ मा पढ्दै गर्दा रुखबाट खसेर उनि लामो समय थला परे । विभिन्न अस्पतालमा उपचार गरेपनि मिलनको शरिरको चोट निको भएन् । हिडडुल गर्न नसक्ने भए । पढ्दापढ्दै पढाई रोकियो । स्कुल जाने र पढ्ने उनको धोका घरको एउटा कोठामा सिमित भयो । तर अब उनले घरमै पढ्न पाउने भएका छन् । ‘स्कुल जान सक्दैन्, अपाङ्ग भएकाले सबैले हेलाहाँ गर्छन, अब घरमै पढ्न पाउन भएँ, पढ्ने रहर पुरा हुने भयो,’ शाहीले भने ।
मिलनजस्तै दैलेखको गुराँस गाउँपालिकाका अपाङ्गगता भएका बालबालिकाले घरमै अध्ययन गर्न पाउने भएका हुन् । गाउँपालिका भित्रका छ जना बालबालिकाले घरमै शिक्षा पाउने भएका हुन् । अपाङ्गगता भएका कारण स्कुल जान नसक्ने बालबालिकाहरुका लागि घरमै शिक्षा प्रदान गर्न लागिएको हो ।
गाउँपालिकाको वडा नंं ३, ४, ५, र ६ का ६ जना बालबालिकाले घरमै शिक्षा पाउने भएका हुन् । सर्मिला नेपाली, शेरबहादुर नेपाली, मिलन विक, नविन चन्द, विरबहादुर बुढा र मिलन शाहीले घरमै शिक्षा पाउने भएका हुन् । घरमै पढ्न पाउने भएपछि बालबालिका खुसी भएका छन् । बालबालिकाले घर नजिकको पायक पर्ने विद्यालयमा भर्ना गरिएको छ । विद्यालयसँग सहकार्य गरेर बालबालिकाले घरमै परिक्षा दिने व्यवस्था गरिएको छ ।
उनिहरुलाई पढाउनका लागि ६ जना सहजकर्ता समेत खटाईएको छ । ‘घरमै बिद्यालय’ को अवधारणा अन्तरगर्त अपाङ्गता भएका बालबालिकाहरुको पढाई कक्षा संचालनका लागी सहजकर्ताहरु खटाईएको हो । सहजकर्ताहरुले हरेक दिन चार घण्टा बालबालिकालाई रुची अनुसार पढाउनेछन् ।
अपाङ्गता भएकै कारण शिक्षाको अवसरबाट बञ्चित भएका बालबालिका लागी घरमै पढाउने व्यवस्था गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक टिका बिकले बताए । प्राथमिक शिक्षा पाठ्यक्रम अनुसार शैक्षिक सामाग्री निर्माण गरी अपाङ्गता भएका बालबालिका लागि सिकाउने सहजकर्ता अमृता बिसीले बताइन् ।
सहजकर्तालाई गुराँस गाउँपालिकाको समन्वयमा, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिइने परियोजना संयोजक नवराज विसीले बताए । ‘सहजकर्ताहरुलाई तालिम दिएका छौ, बालबालिकाको रुची अनुसार अध्यापन गराईनेछ,’ विसीले भने ।

प्रतिक्रिया