बिद्यालयमै मर्यादित महिनावारीबारे जानकारी

बिद्यालयमै मर्यादित महिनावारीबारे जानकारी

असोज ०७, दैलेख । जिल्लाको महावु गाउँपालिका – २ मा रहेको जगदिश माध्यामिक बिद्यालयमा अध्यनरत छात्राहरुलाई मर्यादित महिनावारीका बारेमा जानकारी गराईएको छ । बिद्यालयमै मर्यादित महिनावारी सम्बन्धि अन्र्तक्रिया गोष्ठीको आयोजना गरेर १ सय ७ जना छात्राहरुलाई मर्यादित महिनावारीका बारेमा जानकारी गराईएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) को आयोजना, राधा पौडेल फाउण्डेशनको आर्थिक सहयोग तथा जगदिश माध्यामिक बिद्यालयको समन्वयमा सो कार्यक्रम गरिएको बताईएको छ ।

बिद्यालयका अध्यनरत किशोरी उमेर समुहका छात्राहरुलाई घरेलु प्याडको निर्माण तथा प्याडको प्रयोग सम्बन्धि पनी जानकारी गराईएको सामाजिक सेवा केन्द्र (सोसेक) कि कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिईन् । ‘बिद्यालयमा अध्यन गर्ने किशोरीहरुलाई महिनावारी भएका समयमा निकै समस्या झेल्नु परेको हामीलाई थाहा छदैछ, त्यसको न्युनिकरणका लागी हामीले यि क्रियाकलापहरु सञ्चालन गरेका हौँ ।’ कार्यक्रम निर्देशक गिरीले भनिन् । आफुहरुलाई मर्यादित महिनावारीका बारेमा जानकारी गराएकोमा छात्राहरुले समेत धन्यवाद दिए ।

महिनावारी महिला तथा किशोरीका लागी संवेदनशिल समय भएकाले यस्तो समयमा निक्कै ख्याल गर्नुपर्ने भन्ने जानकारी आफुले प्राप्त गरेको बिद्यालयकी छात्रा रिता खत्रीले बताईन् । ‘सामान्य कुरा थाहा भएको भएपनी मर्यादित महिनावारी कसरी हुन सकिन्छ भन्ने थाहा थिएन्, आजको कार्यक्रम प्रष्ट पारेको छ ।’ रिताले भनिन् । आगामी दिनमा पनी यस्ता अभियानहरुलाई तिब्रता दिनुपर्नेमा छात्राहरुको जोड रहेको छ । छात्राहरुले आफुले सिकेका कुराहरु समाजमा पनी लागु गर्न प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

आफुहरुलाई जानकारी भएका कुराहरु अरुलाई पनी सिकाएको खण्डमा छाउपडिले सामाजिक रुपमा समस्या ल्याउन नसक्ने अर्कि छात्रा सम्झना खत्रीको भनाई छ । ‘हामी पनी गाउँ समाजमा भएका महिलाहरुलाई यसका बारेमा जानकारी दिनेछौ, प्याडको खरिद गर्न निक्कै टाढा जानुपर्ने हामीले घरेलु प्याड निर्माणका बारेमा केही सिकेपछि सहज हुने महशुष गरेका छौ ।’ सम्झनाले थपिन् ।

प्रतिक्रिया