ऋणले आत्मनिर्भर बन्दै

ऋणले आत्मनिर्भर बन्दै

गोविन्द केसी
दैलेख – विन्ध्याबासीनी – ७ जुफीयाँकी ३१ वर्षिया टिक भण्डारीलाई ८ वर्षअघि रोजगारको कुनै बाटो थिएन् । तर उनीभित्र गाँउमै कुनै न कुनै ब्यवसाय गर्ने सोच भने हराएको थिएन् । ब्यवसायका लागि सोच र जाँगर भएकी टिकाका लागि प्रयाप्त पैसा थिएन् । ऋणको जोहोका लागि दिनरात सोच्ने गरेकी उनका लागि गाँउमै गठन भएको जगनाथ सामुदायिक संस्था आधार भयो । त्यही संस्थामा सदस्य रहेकी उनले दिदिबहिनीसंग सल्लाह गरे ऋण लिईन् । घरमा राखेको पैसा र ऋण लिएको १७ हजार रुपैँयाबाट गाँउमै सानो पसल गरिन् ।

आफुले ऋण लिएर ८ वर्षपहिले सुरु गरेको पसलमा टिका
आफुले ऋण लिएर ८ वर्षपहिले सुरु गरेको पसलमा टिका

त्यसपछि सुरु भयो टिकाको नयाँ आम्दानीको श्रोत ब्यापार । उनले पसल गर्नुपहिले पनि आम्दानी हुने विभिन्न खाने ब्यवसाय गर्ने सोच भने नभएको पनि होईन् । तर, उनमा थियो आर्थिक अभाव । ऋण लिएर उनले सुरु गरेको ब्यापार अहिले ८ वर्षमा पुगेको छ । यसविचले उनले धेरै कमाईन् धेरै गुमाईन् पनि । łपहिले भनेजस्तौ पैसा नै हुँर्दैन थियो ।’ टिकाले भनिन् । ब्यापारबाट पनि कमाए, पनि छोराछोरीको उपचारमा पनि त्यतिकै खर्च गरे । ‘नकमाएको भए खर्च कहाँ हुन्थ्यो र । कति कमाए भन्ने हिसाव नराखेकी टिकाले भनिन् ः छोराको उपचारमा पसलबाटै भएको आम्दानी खर्चिईन् । २ लाखसम्म उपचार खर्च भएको टिकाको आकलन छ । उनले भनिन् ः łघर खर्चदेखी ३ छोराको पढाई पसलबाटै भएको आम्दानीले चल्छ ।’
उनले अहिले पसलमा विभिन्न सामानहरु बेच्नुका साथै होटलको रुपमा समेत विस्तार गरिसकेकी छिन् । घर भाँडामा लिएर गाविसको मुकाममा पसल गरेकाले दिनमा कम्तीमा १ हजारदेखी २५ सयसम्म विक्रि हुने टिका बताउँछिन् । पसल बढाउने ईच्छा भएपनि ऋण कम पाईने भएकाले केही गरौं भन्ने पनि ठुलो ब्यापार गर्न नसकिएको टिकाको गुनासो छ । सरकारले दिएको ऋणलाई सहि र ईमान्दार रुपमा प्रयोग गरेर ब्यवासाय गर्नेहरुलाई ठुलो लगानी गर्नुपर्ने सामुदायिक संस्थाका सदस्यहरुको भनाई छ ।
गरिवी निवारण कोषसंगको साझेदारीतामा सामाजिक सेवा केन्द्र (सोसेक), नेपाल दैलेखले एकिकृत परियोजना मार्फत गाउँमा नै सामुदायिक संस्था मार्फत लगानी गरेको थियो ।

प्रतिक्रिया