पर्यटन दिवसमा सरसफाई तथा बृक्षारोपण

पर्यटन दिवसमा सरसफाई तथा बृक्षारोपण

दैलेख : ४० औँ विश्व पर्यटन दिवसको अवसरमा दैलेखको महत्वपूर्ण धार्मिक स्थल बेलासपुर मन्दिर परिषरमा सरसफाइ गरिएको छ । नारायण नगरपालिका र नेपाल पर्यटन पत्रकार महासंघ जिल्ला शाखा दैलेखको समन्वयमा नेपाल युवा परिषद् जिल्ला शाखा दैलेखद्धारा आयोजित बृहत सरसफाई तथा बृक्षारोपण कार्यक्रममा जनप्रतिनीधि, सुरक्षा निकाय तथा युवाहरूको सहभागिता बेलासपुर मन्दिर परिषरमा सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रम पछिको कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले दैलेख धार्मिक, ऐतिहासिक तथा पुरातात्विक हिसावले महत्वपूर्ण जिल्ला भएको बताए । नेपाल युवा परिषद् जिल्ला शाखा दैलेखका संयोजक रेखा थापाले पर्यटन प्रवर्धन गर्न र ओझेलमा परेका पर्यटकीय स्थलको प्रवद्र्धन गर्न नेपाल युवा परिषद्को देशैभरी पर्यटकीय स्थलको सरसफाई गर्ने योजना अनुरूप दैलेख शाखाको आयोजनमा बेलासपुर मन्दिर परिषरमा सरसफाइ गरिएको बताइन् । सोहि अबसरमा बृक्षारोपण समेत गरिएको संयोजक थापाले जानकारी दिइन् ।

प्रतिक्रिया