दैलेखमा ब्याटमिन्टन सुरु

दैलेखमा ब्याटमिन्टन सुरु

दैलेख असाेज २६ ।
नारायण नगरपालिका–१ को आयोजनामा आइतवार देखि दैलेखमा जिल्ला स्तरिय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले खेलको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले ब्याडमिन्टन आयोजना गरेर खेलकुद दैलेखको जगतमा स्वर्णिम अक्षरले लेख्ने काम गरेको बताए । नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले खेलकुद क्षेत्रका विकासका लागि स्थानीय सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।

नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा दैलेखका प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओली, जनप्रतिनीधि लगायतको उपस्थीति रहेको थियो । प्रतियोगितामा जिल्लाभरका ३२ जना खेलाडी सहभागि छन् । प्रतियोगितामा सहभागि खेलाडीलाई एक जर्सी उपलब्ध गराईएको छ । खेल नारायण नगरपालिका– १ पुरानो बजार स्थित सृजनशिल बोडिङ्ग स्कुलमा सञ्चालन भईरहेको ।
यसैबिच नारायण नगरपालिका–१ ले दसैँको अबसरमा आयोजना गरेको शुभकामाना आदान प्रदान तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिताको पुरस्कार पनि वितरण गरिने छ । धुलपुरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नारायण नगरपालिका– ५ को समुह प्रथम र नारायण नगरपालिका –१ को (समुह बी) दोस्रो भएको थियो ।

प्रतिक्रिया