सेनाले दियो सामुदायिक विपद प्रतिकार्य तालिम

सेनाले दियो सामुदायिक विपद प्रतिकार्य तालिम

दैलेख असाेज २९ । नेपाली सेनाको इन्द्रदल गुल्मले महाबु गाउँपालिकाको सहकार्यमा गैँडाबाजमा ४ दिने सामुदायिक विपद प्रतिकार्य तालिम सञ्चालन गरिरहेको छ । समुदायकै अग्रसरतामा बाढी, पहिरो, आगजनी वा यस्त विपदबाट जोगिने तरिका विषयमा स्थानीयहरुलाई प्रशिक्षण दिइएको छ ।
विपदबाट जोगिने सीप, विपदको बेला उद्धार तथा राहतमा ध्यान दिनुपर्ने विषयहरु, उद्धारकर्ताको सुरक्षा, घाइते तथा प्रभावितहरुलाई प्राथमिक उपचार तथा रिफरल प्रणाली विषयमा स्थानीय विपद व्यवस्था समितिका पदाधिकारी र स्वयम्सेवीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको बताइएको छ ।
नेपाल भर नै विपद जोखिम न्यूनीकरणमा समुदायको प्राथमिक उपचार तथा परिचालन सीप सिकाउने दैलेखका ११ स्थानीय तहमा यो तालिम दिन लागिएको इन्द्रदल गुल्मका गुल्मपति सेनानी गणेशराज पन्तले जानकारी दिए ।
विपदको बेला उद्धार तथा राहत सहयोगको लागि आवश्कता पर्दा हेलिकप्टर बसाल्नका लागि पूर्वाधार तयार गर्ने नेपाली सेनाको जंगी अड्डाको केन्दिय नीति अनुसार दैलेखका सबै स्थानीय तहमा सामुदायिक विपद प्रतिकार्य तालिमकै बेला एक–एक वटा हेलिप्याड बनाइने गुल्मपति सेनानी पन्थले बताए ।

प्रतिक्रिया