उत्कृष्ठ कृषक सम्मानित

उत्कृष्ठ कृषक सम्मानित

दैलेख : विश्वखाद्य दिवसको अबसरमा दैलेखका उत्कृष्ठ कृषक सम्मानित भएका छन् । कृषि विकास कार्यालयले उत्कृष्ठ, कृषक कृषक समुह र सहकारीलाई सम्मान गरेको हो । स्थानीय स्तरका नौ, जिल्ला स्तरका दुई कृषक सम्मानित भएका छन् । जिल्ला स्तरको उत्कृष्ठ कृषक समुह र सहकारीलाई पनि सम्मान गरिएको हो ।यस्तै व्यवसायिक कृषक प्रोत्साहन कार्यक्रम अन्तरगर्त तरकारी, मौरीपालन, आँप र सुन्तला बगैँचा कृषकहरुलाई सम्मान गरिएको कृषि विकास कार्यालय दैलेखका निमित्त प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए । स्थानीय तहले गरेको छनौटका आधारमा कृषकहरु सम्मानित भएका हुन् । एकिकृत व्यवसायबाट जिल्लाको कृषि विकास मार्फत आर्थिक समृद्धि तथा खाद्य सुरक्षामा उल्लेखनिय योगदान दिएको भन्दै कृषकहरुलाई सम्मान गरिएको पाण्डेले बताए । कृषकहरुलाई प्रतिनीधि सभा सांसदहरु राजबहादुर बुढा, रविन्द्रराज शर्मा, पार्वती विशुन्के, प्रदेश सभा सदस्य अम्मरबहादुर थापा, जिसस प्रमुख प्रमुख प्रेमबहादुर थापा लगाएतले सम्मान गरे । स्थानीय स्तरका उत्कृष्ठ उन्नती एग्रो फर्मका सञ्चालक देवेन्द्र गोदारले सरकारी निकायबाट भएको सम्मानले व्यवसायिक कृषिमा थप प्रेरणा दिएको प्रतिक्रिया दिए । उनले कर्णाली प्रदेशलाई आर्गानिक प्रदेश बनाउन कृषकहरु साझेदार रहेको भन्दै गोदारले स्थानीय तहले आर्गानिक मल उत्पादनलाई प्राथमिकता दिन सुझाव दिए ।

प्रतिक्रिया